कोरोना ”हट स्पट’ मुस्ताङ लयमा फर्किदै

समाधान संवाददाता २०७८ असार १९ गते १७:०४

एसके थकाली \ मुस्ताङ
कोरोनाको “हट स्पट’ बनेको हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय सामान्य अवस्थामा फर्किन थालेको छ । कोरोना शक्रमणको अवस्था क्रमश ःनियन्त्रणमा आउँन थालेपछि स्थानीयको दैनिकी समेत सहज हुँन थालेको छ ।
कोरोनाको दोश्रो भेरियन्टसंगै मुस्ताङमा गत बैशाख १५ गतेबाट संक्रमण देखा परेको थियो । त्यसो त त्यसअघि पनि मुस्ताङमा कोरोनाको पहिलो लहरमा ३६ जना व्यक्तिलाई कोरोना पुष्टि भएकोमा सबै निको भएका थिए ।

कोरोनाको दोश्रो लहरपछि मुस्ताङमा ४ सय ७० जना व्यक्तिमा कोरोना पुष्टि भएकोमा ४ सय १२ जना व्यक्ति आईसोलेसन र होम आईसोलेसनको उपचारपछि निको भईसकेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा गत बैशाख देखि यता कोरोनाका कारण १५ जना व्यक्तिले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।

उनका अनुसार मुस्ताङमा हालसम्म सक्रिय संक्रमति ४३ जना रहेकोमा त्यस मध्ये १८ जना मात्र मुस्ताङमा रहेका छन् । बाँकी २५ जना जिल्ला बाहिर छन् ।
कोरोनाकै कारण लोमान्थाङ,वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङ गरी ४ स्थानीयमा १५ जना व्यक्तिको मृत्यु भएको हो । तर,उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डमा हालसम्म १ जना मात्र कोरोना संक्रमित रहेको र मृत्यु हुनेको संख्या सुन्य छ ।

Advertisement

कोरोनाको “हट स्पट’ बनेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका एकसातादेखि कोरोना मुक्त बनेको छ । वारागुङमा १ सय ५२ जना संक्रमति मध्ये १ सय ३९ जना निको भईसकेका छन् । वारागुङमा कोरोनाका कारण ७ जनाको मृत्यु भएको स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए । मुस्ताङको सरकारी कोभिड आईसोलेसनमा १ जना र बाँकी १७ जना होमआईसोलेसनमा छन् ।

कोरोना संक्रमण तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाउदै आईरहेको नियमित निषेधाज्ञा र बर्खायामको मौसममा अविरल वर्षाले सडक अवरुद्ध हँुदा कोरोना नियन्त्रणमा आउन थालेको हो । मुस्ताङमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा घट्दै जान थालेपछि निषेधाज्ञा समेत खुकुलो पारिएको छ ।

Advertisement

मुस्ताङका खाद्य तथा किनारा पसल ,आन्तरिक यातायात र बैंक तथा बित्तिय संस्थाहरु साविक जस्तै नियमित रुपमा सेवा संञ्चालनमा आउन थालेको छ । यस्तै ,कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी मुस्ताङका ५ वटै तहमा नयाँ शैक्षिक सत्रको भर्ना अभियान समेत सुरु भईसकेको शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले जनाएको छ ।

यस्तै ,विकास निर्माण लगायतका आयोजना समेत अन्तिम चरणमा पुगेको र कतिपय आयोजना संम्पन्न भईसकेका छन् । कोरोना संक्रमण क्रमश ःलयमा र्फिर्कन थालेपछि संघ,प्रदेश र स्थानीय तहका आयोजना निरीक्षण तथा अनुगमनका लागि संम्वन्धित सरोकारवाला गाउँ÷ गाउँमा पुगेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले नयाँ संक्रमित कम हुँदै गईरहेको र पुराना संक्रमित निको हुँदै जान थालेकाले केहीदिन भित्र मुस्ताङ जिल्ला कोरोना मुक्त हुने दावी गरेको छ । मुस्ताङमा कोरोना संक्रमणको अवस्था लयमा फर्किएपनि यहाँका स्थानीय तहले आवश्यक सजगता भने अपनाईरहेको जनाएका छन् ।

जिल्लाका ५ वटै स्थानीय तहका स्वास्थ्य शाखा,चौकी र ईकाईहरुमा अहिले अक्सिजनसहितको आईसोलेसन निर्माण भईसकेको छ । यस्तै ,कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघ ,प्रदेश र विभिन्न संघसंस्था लगायतबाट अक्सिजन सिलिन्डर ,कल्सन्ट्रेटर ,परिक्षण किट र आवश्यक स्वास्थ्य समाग्री पर्याप्त मात्रामा उपलब्ध भईरहेको जनाईएको छ ।

पछिल्लो समय सरकारले आन्तरिक हवाई उडान तथा यातायात सेवा खुकुलो पार्न थालिएपनि मुस्ताङमा लामो दुरीका यातायात तथा पोखरा—जोमसोम हवाई सेवा बैशाख १० गते यता पुरै ठप्प छ ।
हिमाली जिल्ला मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर अझै खुल्न सकेको छैन । मुस्ताङमा पछिल्लो समय कोरोना संक्रमण क्रमशः नियन्त्रणमा आउन थालेपछि गाउँ÷गाउँमा मुखिया तथा स्थानीयबासीले जारी गरेको बन्दाबन्दी समेत खुकुलो पारिन थालिएको छ ।

तपाईको प्रतिक्रिया