‘सबै नागरिकलाई खोप देऊ’

समाधान संवाददाता २०७८ असार २१ गते ७:३९

पोखरा, २० असार

युवा उद्यमी मञ्च (एनवाइएफ)ले कोरोना भाइरस संक्रमणको जोखिमबाट बचाउन सबै नागरिकलाई खोपको सुनिश्चितता गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

मञ्चले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलाई पत्र बुझाउँदै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोकथामका लागि सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाई बाच्न पाउने अधिकार ग्यारेन्टी गर्न आग्रह गरेको हो ।

Advertisement

मञ्चले कोरोना भाइरस महामारीको दोस्रो भेरियन्टका कारण जनजीवन निकै प्रभावित भएको भन्दै सबै नागरिकलाई खोपको सुनिश्चता गर्न सकेमात्रै फेरि अर्थतन्त्र चलायमान र राष्ट्रलाई आर्थिक उन्नति गर्न सकिने मञ्चका अध्यक्ष सुनीलबहादुर भट्टराईले बताए ।

युवा लक्षित उद्यमशीलता विकास, तालिम, गोष्ठी, प्रर्दशनी लगायत विभिन्न कार्यक्रम गर्दै आएको मञ्चले कोरोना महामारीले सृजना गरेको पहिलो तथा दोस्रो लकडाउनको समयमा विभिन्न सामाजिक उत्तरदायित्व वहन गर्दै गर्दै आएको छ । राहत तथा शैक्षिक कार्यक्रम पनि संस्थाले सञ्चालन गर्दै आएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया