एमालेका ३२ सांसदले मानेनन् ह्वीप

एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन्। त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद तटस्थ बसेका छन्।
यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरेका छन्।
योसँगै एमालेका २२ जना सांसदले नेपालसँगै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिएकी छन्।
यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका नेपाल समूहका सांसदहरू तटस्थ बस्ने भन्दै संसद भवनबाट बाहिरिएका थिए। झपट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढालगायत सांसदहरू संसद भवनबाट निस्किएका हुन्।
नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले देउवाले लिने विश्वास मतको विपक्षमा मत हाल्ने निर्णय गरेको थियो। पार्टी निर्णयविपरीत २२ जनाले देउवालाई विश्वासको मत दिएका छन् थप १० जना तटस्थ बसेका छन्।
देउवालाई विश्वासको मत दिनेहरू
- माधवकुमार नेपाल
- भवानी खापुङ
- मुकुन्द न्यौपाने
- विरोध खतिवडा
- जीवनराम श्रेष्ठ
- कल्याणी खड्का
- मेटमणि चौधरी
- पार्वती विशुंखे
- हिरा केसी
- कृष्णकुमार श्रेष्ठ किसान
- गोपाल बम
- प्रेमबहादुर आले
- लक्ष्मी चौधरी
- निरादेवी जैरू
- रामकुमारी झाँक्री
- धनबहादुर बुढा
- विना बुढाथोकी
- सरला यादव
- पुष्पाकुमारी कर्ण
- कलिला खातुन
- सविना हुसेन र
- कृष्णलाल महर्जन
तपाईको प्रतिक्रिया