हाईअल्टिच्युड खेल पूर्वाधारका लागि छेङ्गुरमा जग्गा नापी हुँने

समाधान संवाददाता २०७८ साउन ४ गते २१:४६

एसके थकाली \ जोमसोम

धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङको वारागुङ मूक्तिक्षेत्र—२ छेङ्गुरमा हाईअल्टिच्युड खेलकुद तालिमकेन्द्र पूर्वाधार निर्माणका लागि जग्गाप्राप्तिको प्रक्रिया अघि बढाईने भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा सरकारले चालु आर्थिक वर्षभित्रै नेपाल सरकारको नाममा श्रेस्ता कायम गर्नेगरी जग्गा नापजाँच गरिने जनाईएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभाग र नापी विभागबाट मुस्ताङको छेङ्गुरमा हाईअल्च्यिुड खेलकुद तालिमकेन्द्र पूर्वाधार निर्माणका लागि नेपाल सरकारको नाममा जग्गा नापजाँच गर्ने निर्णय भएको नापी कार्यालय मुस्ताङका नापी अधिकृत सुबोध यादबले जानकारी दिए । उनका अनुसार हाईअल्टिच्युड खेल पूर्वाधारका लागि आवश्यक कार्यविधि तयार भईरहेको छ ।

Advertisement

“हामीसंग भूमी व्यवस्था तथा अभिलेख र नापी विभागको जग्गा नापजाच गर्ने पत्र आईसकेको छ,उनले भने “कार्यविधि आएपछि जग्गा नापजाँचको काम अघि बढ्नेछ ।’ नापी कार्यालयको असार देखि कार्तिक महिनासम्म अफसिजनको समय भएकाले त्यससमय कुनै काम नहुने र काम गर्ने समयसम्म विभागबाट कार्यविधि आईसक्ने नापी अधिकृत यादबको भनाई छ ।यसका लागि चालुवर्षभित्रै जग्गा नापजाँचको संम्पूण काम सक्ने लक्ष्य रहेको नापी अधिकृत यादबले उल्लेख गरे।

समून्द्री सतहदेखि ३८ सय मिटरको अग्लो उचाईमा अवस्थित छेङ्गुरमा २०७५ साल फागुनमा हाईअल्टिच्यूड खेल पूर्वाधारको लागि आवश्यक जग्गा पहिचानका गर्न गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोली मुस्ताङ आएको थियो । राउण्ड अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत मनाङ हँुदै मुस्ताङ प्रवेश गर्ने थोरङलापास तलको फेदी छेङगुरमा आवश्यक जग्गा छनौट गरिएको थियो ।प्रदेशले जग्गा छनौट गरेपनि सरकारको नाममा जग्गा उपलब्ध हुननसक्दा पूर्वाधार निर्माणमा बजेट बिनियोजन हुन सकेको थिएन ।

Advertisement

सामाजिक विकास मन्त्रालय गण्डकीले २०७६ साल मंसिर २६ गते हाईअल्टिच्यड खेल पूर्वाधारका लागि जग्गा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय ,मालपोत कार्यालय र वारागुङ मूक्तिक्षेत्र गापालाई पत्रचार गरेको थियो ।

वारागुङ मूक्तिक्षेत्र गापाले २०७६ साल पुस ६ गते हाईअल्टिच्युड खेल पूर्वाधारका लागि आवश्यक ७ सय २० रोपनी जग्गा उपलब्ध गराईदिन स्थानीय जग्गा सिफारिस समितिलाई पत्र पठाएको थियो । जिल्ला प्रशासन कार्यालय अन्तर्गत स्थानीय जग्गा सिफारिस समितिले २०७६ साल पुस २० गते स्थानीय तहले सिफारिस गरेको ७ सय ३० रोपनी जग्गा सो स्थानमा नभएको उल्लेख गर्दै सो स्थानमा ५ सय ४४ रोपनी जग्गा सिफारिस गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको पटक÷पटकको ताकेता र स्थानीय जग्गा सिफारिस समितिले गरेको निर्णयका आधारमा २ वर्षपछि हाईअल्टिच्युड खेल पूर्वाधारका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढ्ने पक्का भएको मालपोत कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयले सिफारिस भईआएको निर्णयका आधारमा विभागमा सहमती भई काम अघि बढाउन संम्वन्धित निकायमा फाईल फिर्ता आईसकेको उल्लेख गरेको छ ।

पर्वतीय खेलक्षेत्रको प्रर्वद्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकीय कनेक्टिभिटी जोड्ने उद्देश्यले गण्डकी प्रदेशले मुस्ताङमा हाईअल्टिच्युड तालिम केन्द्र पूर्वाधार निर्माणको परिकल्पना गरेको थियो ।प्रसिद्ध धार्मिक स्थल मूक्तिक्षेत्र नजिकै पर्ने छेङगुरमा हाईअल्टिच्युड खेल पूर्वाधार निर्माणको संम्भाव्यता अध्ययनका लागि गण्डकी प्रदेशले त्यससमय बिज्ञ प्राविधिक टोली पठाएको थियो ।

उत्तर÷पूर्वमा अवस्थित निलगिरी हिमालको काखैमा हाईअल्टिच्युड खेल पूर्वाधार निर्माण हुनसके राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी मुस्ताङ आउने संघीय सांसद प्रेमप्रसाद तुलाचनले उल्लेख गरे । उनले पर्वतीय खेल स्टेडियमको पूर्वाधार निर्माणका लागि मुक्तिक्षेत्रको छेङ्गुर उपयुक्त स्थान समेत भएको जनाए ।

तपाईको प्रतिक्रिया