३५ लाखसहित दुई पक्राउ
समाधान संवाददाता
२०७५ फागुन २३ गते ११:२७

रासस, राँझा
नेपालगञ्जमा ३५ लाख नेपाली रुपैयाँसहित घुम्दै गरेका दुई भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ स्थित पासाङल्हामुमार्गबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले सो रकमसहित भारतका ३० वर्षीय रवीसचन्द्र पाण्डे र जमुनाह छोटी भन्सार निवासी बालक छोटु तिवारीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिनुभयो ।
उनीहरू युपी ३२ ग ८२४४ नम्बरको भारतीय मोटरसाइकलमा घुम्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।
सम्बन्धित








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया