लोघेकर गापामा कोरोना बिरुद्ध पूर्ण खोप घोषणा

एसके थकाली \ जोमसोम
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई कोरोना बिरुद्ध पूर्ण खोप घोषणा गरिएको छ ।योसंगै देशका ७ सय ५३ वटै स्थानीय तह मध्ये लोघेकर दामोदरकुण्ड गापा कोरोना बिरुद्ध पूर्ण खोप घोषणा गर्ने पहिलो बनेको छ ।
मुस्ताङमा कोरोना बिरुद्ध ५५ वर्षदेखि माथि उमेरका नागरिकले कोभिसिल र भेरोसिल खोप यसअघिनै लगाई सकेका थिए । यसका अलावा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,कर्मचारी ,जनप्रतिनिधि,सरसफाईकर्मी र पत्रकारले समेत खोप लगाएका थिए । यसपटक स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागबाट आएको अमेरिकन जोन्सन एण्ड जोन्सन खोप गण्डकी प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्र मार्फत ६ हजार ५ सय डोज खोप मुस्ताङ आएको थियो ।जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले थासाङ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गापालाई १२÷१२ सय डोज ,लोमान्थाङलाई एक हजार ५० डोज र लोघेकर दामोदरकुण्ड गापालाई ९ सय डोज खोप उपलब्ध गराईएको थियो ।
कोरोना बिरुद्धको खोप लगाउन छुटेका तथा १८ वर्षदेखि ५४ वर्ष उमेरका नागरिकलाई मुस्ताङका ५ वटै स्थानीय तहले एकैसाथ कोरोना बिरुद्ध खोप लगाउन सुरु गरेका हुन् ।जसअन्तर्गत भौगोलिक रुपले सबैभन्दा विकट र ठुलो तथा न्यून जनसंख्या भएको लोघेकर दामोदरकुण्ड गापाले आईतबारनै १८ वर्षदेखि माथिका आफ्ना सबै नागरिकलाई खोप प्रदान गरेको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । कुल एक हजार ४ सय २० जनसंख्या रहेको लोघेकर दामोदरकुण्डमा सबै नागरिक खोपको पहुँचमा जोडिएको अध्यक्ष बिष्टको भनाई छ ।
मुस्ताङका स्थानीय तहले खोप लगाउन ३ दिन समय तालिका मिलाएपनि लोघेकर दामोदरकुण्डले आईतबारनै खोप लगाईसकेको छ । खोप कार्यक्रमका लागि पालिकामा कार्यरत १३ जना स्वास्थ्यकर्मी र १५ जना स्वंयसेवक एकैसाथ अलग÷अलग खटाईएको थियो । पालिका अध्यक्ष आफै खटिएर सुरु गरिएको कोरोना बिरुद्धको खोप अभियानमा स्थानीय युवाक्लवका सदस्यहरुले स्वतस्फूर्त रुपमा सहयोग गरेका थिए ।
अध्यक्ष बिष्टले भने,“ हामीले १८ वर्ष भन्दा माथिका सबैलाई खोप प्रदान ग¥यौं । खोप संगसंगै कोरोना बिरुद्ध पूर्ण खोप पनि घोषणा ग¥यौं । खोप लगाएकालाई पनि स्वास्थ्य सर्तकता अपनाउ अनुरोध गरेका छौं ।’
लोघेकर दामोदरकुण्डमा आईतबार ७ सय ११ जनाले खोप लगाई सकेका छन् । जसमध्ये ३ सय ७९ जना पुरुष र ३ सय ३२ जना महिला छन् ।यस्तै अन्य पालिकामा भने खोप लगाउने कार्यक्रम जारी राखिएको छ ।








गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट ५ वर्षका लागि निष्काशन
ऐतिहासिक ढुंगेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ
कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया