प्रहरीको गोलीबाट चन्दका कार्यकर्ता घाइते
समाधान संवाददाता
२०७५ फागुन २३ गते १३:२६

रासस, कपिलवस्तु
प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् ।
आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकाउपर प्रहरीले गोली प्रहार गरेको थियो । खुट्टामा गोली लागी घाइते भएका रोकाको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनुभयो ।
रोकाको घरबाट दुई थान एसएमजी, त्यसको म्यागजिन तीन थान, एसएमजी गोली ६८ राउण्ड, चाइनिज पेस्तोल एक थान र त्यसको म्यागजिन दुई थान, तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी रोकाको घरबाट रिमोट कन्ट्रोल दुई थान, तार र बम बनाउने सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित








लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
कृषि उद्यम र पुम्दीकोटको धार्मिक पर्यटन उचाल्ने चन्द्रकान्त बराल पोखरा रत्न
चिकित्सा सेवाबाट पोखरा रत्न बने डा. बुद्धिबहादुर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया