लुम्बिनी प्रदेशका मुख्यमन्त्री पाेखरेलले राजीनामा दिने !

समाधान संवाददाता २०७८ साउन २७ गते ८:२७

समाधान संवाददाता, पाेखरा ।

Advertisement

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले राजीनामा दिने भएका छन् । श्राेतका अनुसार आजै बस्ने एमाले प्रदेश सभा संसदीय दलकाे बैठकपछि पाेखरेलले राजीनामा दिने छन् ।

जसपाका ४ सांसदकाे पद गएपछि अल्पमतमा परेका पाेखरेलसंग सरकार बचाउने कुनै पनि विकल्प बाँकी नरहेपछि राजीनामा गर्न थालेका हुन् ।

अविश्वासकाे प्रस्ताव विरुद्ध अदालत समेत गरेका पाेखरेलकाे पक्षमा सर्बाेच्चले स्टे अर्डर जारी नगरेपछि आजै उनि विरुद्ध संसदबाट अविश्वासकाे प्रस्ताव पारित गर्ने तयारीमा प्रतिपक्षी गठबन्धन लागेकाे छ ।

सभामुख र प्रदेश प्रमुख समेत प्रतिपक्षी गठबन्धनकाे सहयाेगीका रुपमा रहेकाे भन्दै अब टिक्न नसकिने निष्कर्षमा मुख्यमन्त्री पुगेका छन् ।

Advertisement

यसअघि पनि अविश्वासकाे प्रस्ताव दर्ता गरेका विपक्षी गठबन्धनले त्याे प्रस्ताव पास नहुने देखेपछि फिर्ता लिएका थिए ।

विपक्षी गठबन्धन मध्ये कांग्रेस र माओवादी केन्द्रबीच ८ आठ महिना मुख्यमन्त्री बनेर सत्ता बाँडफाँड गर्ने सहमति भएकाे छ ।

तपाईको प्रतिक्रिया