युवालाई दलले उचित जिम्मेवारी दिनु पर्ने माग

समाधान संवाददाता
पोखरा -अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीलेदीप प्रज्वलन गरेको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले हरेक राजनीतिक आन्दोलनमा मुख्य भूमिका खेलेका युवाको राजनीतिमा उचित रुपमा सहभागिताहुन नसकेको बताए ।
उनले राजनीतिलगायत राज्यका हरेक निकायमा युवाको सहभागिता सुनिश्चित नभएसम्म समृद्धि हासिल गर्न नसकिने तर्क गरे । ‘जहानिया राणा शासन फाल्नेदेखि राजतन्त्रको अन्त्य गरी गणतन्त्रको बहालीसम्मका राजनीतिक आन्दोलनमा युवाको भूमिका छ,’उनले भने, ‘हरेक राजनीतिक आन्दोलनमा योगदान गरेका युवालाई राजनीतिमा भूमिका दिने बेलामा उमेर नपुगेको भन्ने परिपाटी छ ।’
पहारीले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै नयाँ नेपाल निर्माणमा युवालाई सामेल गराउनु पर्नेमा जोड दिए । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष महेन्द्र गुरुङले धेरै विकसित मुलुकहरु युवाले हाँकेको भएतापनि नेपालमा कपाल दारी नफुल्दासम्म जिम्मेवारी नपाउने टिप्पणी गरे । उनले भ्रष्टाचार, विकृति विंसगति नियन्त्रणको लागि युवाको काँधमा ठुलो जिम्मेवारी आएको बताए ।
कोरोना महामारीले बेरोजगारी बढेको उल्लेख गर्दै उनले देशमा रोजगारीको अवसर सिर्जना गर्न आग्रह गरे । लकडाउन र निषेधात्राका कारण ४ सय युवा हङकङ फर्कन नपाएर काठमाडौंमा अलपत्र परेकोले व्यवस्थापन गर्न सरकारसँग माग गरे । राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य मदन भण्डारीले नेपालको समग्र राजनीतिमा १४ प्रतिशत युवाको प्रतिनिधित्व रहेको बताए ।
युवाका सवाललार्ई सम्बोधन गर्नकोलागिसंयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२माअन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने थालेका हो । नेपालमा पहिलो पटक सन् २००४ मा यो दिवस मनाइएको थियो ।नेपाल सरकारले २०७२ मा राष्ट्रिय युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । नेपालमा कुल जनसंख्याको ४०.३ प्रतिशत युवा छन् ।
तपाईको प्रतिक्रिया