मेयर अस्वस्थ, महानगर बिरामी !

समाधान संवाददाता
पोखरा- पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी १ महिनादेखि अस्वस्थ छन् । १ साउनमा मष्तिस्कघात भएपछि मेयर जिसी अहिले काठमाडौंमा छन् । जटिल शल्यक्रिया पछि १९ दिन अस्पताल बसेर उनी डिस्चार्ज भएका थिए ।
यद्यपी उनी सक्रिय जीवनमा फर्कन भने समय लाग्ने उनको उपचारमा खटिएका चिकित्सक बताउँछन् । मेयर जिसी अहिले बोल्न सक्छन् । हिँडडुल गर्न भने समस्या छ । उनको बायाँ हात र खुट्टाको फिजियोथेरापी भइरहेको र स्वास्थ्य सुधारोन्मुख रहेको उनको सचिवालयले बताएको छ ।
मेयर जिसी अस्वस्थ भएर काममा आउन नसक्दा महानगरको आर्थिक गतिविधि र विकास निर्माण भने ठप्पप्राय छ । नयाँ आर्थिक बर्षका लागि बजेट खर्च गर्न अख्तियारी दिन नपाउँदै मेयर जिसी अस्वस्थ भएकाले आर्थिक गतिविधि र विकास निर्माणका काम ठप्प भएका हुन् ।
नयाँ बजेट पारित भएको १ हप्ताभित्र महानगर प्रमुखले बजेट खर्च गर्ने अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्ने कानुनी व्यवस्था छ । त्यसको १५ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित महाशाखा प्रमुख र वडा सचिवहरुलाई अख्तियारी दिनुपर्छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल अहिले महानगरमा कठिन अवस्था आएपछि जेनतेन व्यवस्थापन गर्नुपरेको बताउँछन् । ‘कठिन अवस्था हो, जेनतेन धानेका छौं, आर्थिक वर्षको पहिलो दिननै मेयरज्यू बिरामी पर्नुभयो,’ उनले भने ।
अहिले महानगरमा राजश्व संकलन बाहेकका अन्य आर्थिक गतिविधि ठप्प छन् । कर्मचारीले तलब भत्ता पाएका छैनन् भने महानगरले दिनुपर्ने भुक्तानी रोकिएका छन् । फोहोर मैला व्यवस्थापनको सम्झौता सकिएको र नवीकरण हुन नसक्दा फोहोर नउठ्ने अवस्था सिर्जना भएको छ ।
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ भने मेयर जिसीको अन्तिम फलोअप भइसकेको र अब अख्तियारी दिने बताउँछिन् । मेयर जिसी सामान्य लेखपढ गर्न सक्ने भएपछि महानगरबाट अख्तियारी दिइने र कामकारबाही अघि बढाइने उनले बताइन् । ‘उहाँको अन्तिम फलो अप सकियो । अब उहाँले अख्तियारी दिनुहुन्छ । अहिले बिस्तारै कामहरु भइरहेकै छन्,’ उपप्रमुख गुरुङले भनिन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया