नेपालकाे सहज जित, काेच खड्कालाई ३ गाेल उपहार

समाधान सम्वाददाता-विराटनगर
साफ वुमन’स च्याम्पियनशीप फुटबल २०१९ काे उद्घाटन खेलमा नेपालले कमजाेर टिम भुटानमाथि ३-० काे जित निकालेकाे छ ।
राजधानीस्थित दशरथ रंगशाला अझै पूननिर्माण हुन नसकेपछि विराटनगरकाे शहिद रंगशालामा आयाेजित प्रतियाेगितामा नेपालले सहज जित निकालेकाे हाे ।
पहिलो हाफसम्म २-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गर्दै सहज जित निकाल्यो।
नेपालको जितमा मन्जली कुमारी योञ्जन साबित्रा भण्डारी र नेरी थापाले समान १(१ गोल गरे।
खेलको १३ औं मिनेटमा नेपालले योञ्जनको गोलबाट सुरूवाती अग्रता लिएको थियो। योञ्जनले दायाँ भागबाट पहिलो बार च्यापेर किपरलाई बिट गर्दै गोल गर्न सफल भएकी थिइन्।
त्यसको तीन मिनेटपछिनै नेपालले अग्रता दोब्बर पार्यो। खेलको १६ औं मिनेटमा सावित्राले गोल गर्दै पहिलो हाफमा नेपाललाई दोहोरो अग्रता दिलाइन्।
दोस्रो हाफमा आक्रमक खेल खेलेको नेपालले ५४ औं मिनेटमा तेस्रो गोल गर्यो। नेपालका लागि नेरी थापाले तेस्रो गोल गरिन्। त्यसपछि नेपालका दर्जनौ प्रहार भुटानी रक्षकले विफल बनाइदिए पछि गोल अन्तर बढाउने मौका नेपालले गुमाएको थियो।
अब भोलिको खेलमा समूह बि बाट भारत र माल्दिभ्स भिड्नेछन्।
उद्घाटन जितले प्रशिक्षक हरि खड्कालाई ३ गोल उपहार भएकाे छ । खड्काकाे आज जन्मदिन हाे । उक्त गाेल खड्कालाई उपहारस्वरुप भएकाे खेलप्रेमीकाे भनाई छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया