युवा व्यवसायी प्रदीप एमालेमा
पोखरा ।
दसैं, तिहार, छठ ल्होसार, नेपाल संवतको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) वडा कमिटी पोखरा १६ले शुभकामना आदानप्रदान गरेको छ ।
कार्यक्रममा युवा व्यवसायी प्रदीप गुरुङसहित युवा एमाले प्रवेश गरेका छन् । नेकपा (एमाले)का केन्द्रीय कमिटी सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवप्रवेशी युवालाई पार्टीमा स्वागत गरे ।
समारोहमा नेकपा (एमाले) जिल्ला कमिटी कास्की अध्यक्ष कृष्ण थापा, वडा कमिटी पोखरा १६अध्यक्ष जगन्नाथ तिमिल्सिना, सचिव विनोद अधिकारी लगायतले बोलेका थिए ।
कास्कीको माछापुच्छे« गाउँपालिका वडा नम्बर २ च्याङलुङका ३५ युवा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । पार्टीका गण्डकी प्रदेश कमिटीका सदस्य तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष मिनाकुमारी गुरुङले ती युवालाई पार्टीमा औपचारिक रुपमा स्वागत गरिन् ।
कार्यक्रममा नेकपा एमाले वडा कमिटी माछापुच्छे« २का अध्यक्ष तथा गाउँपालिका वडा नम्बर २का अध्यक्ष विक्रम गुरुङ, नेकपा एमालेश्रम तथा रोजगार विभाग सदस्य ओम गुरुङ, वडा सदस्य तथा अखिल नेपाल महिला संघका सदस्य केशकुमारी गुरुङ, गिरबहादुर गुरुङ लगायतले बोलेका थिए ।









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया