न्यूजिल्याण्डकाे चमत्कारिक प्रदर्शन, इग्ल्याण्डलाई स्तब्ध पार्दै फाइनलमा

समाधान संवाददाता २०७८ कार्तिक २५ गते ७:३१

एजेन्सी ।

क्रिकेट खेल्नेले मात्र हैन, बुझ्नेले पनि यस पटक टि२० काे उपाधि कसले जित्छ भन्दा पहिलाे नाम इग्ल्याण्ड कै लिन्थे । सुपर ओभरका खेल नसकिदासम्म त न्यूजिल्याण्डले जित्छ भन्ने अनुमानसम्म कसैले लगाउदैन थे ।

सुपर ओभरमा शानदार खेल प्रदर्शन गर्दै न्यूजिल्याण्ड अन्तिम ४ मा पुग्याे र हिजाे राति पहिलाे सेमिफाइनल हुँदै थियाे । पहिलाे बल फाल्नु भन्दा अघिसम्म पनि ६३ प्रतिशत मानिस इग्ल्याण्डले उपाधि जित्छ भन्दै थिए भने ३७ प्रतिशत मात्र न्यूजिल्याण्डले जित्छ भन्दै थिए ।

Advertisement

दाेश्राे हाफकाे १६ ओभरसम्म आइपुग्दा त गेम पुरै इल्याण्डकाे पक्षमा थियाे र न्यूजिल्याण्डले जित्छ कि भन्ने आशा गर्ने २५ प्रतिशत मात्र थिए । ७५ प्रतिशत र इग्ल्याण्ड जित्छ भन्नेमा थिए र इग्ल्याण्डका समर्थक खुशी मनाउन सुरु गरिसकेका थिए । कतिपय न्युजिल्याण्डका समर्थक निराश बनेर टिभी बन्द गरेर सुतिसकेका थिए । तर ‍‍‍………….

तर त्यसपछिका ३ ओभरमा न्यूजिल्याण्डले चमत्कार नै गर्याे र १ ओभर बाँकी छदै उपाधि जित्ने इग्ल्याण्डकाे सपना चकनाचुर पारिदियाे । यसका नायक बने ११ बलमा २७ रन हान्ने निशम र ४७ बलमा ७२ रन हान्ने डारल मिचेल ।

Advertisement

न्यूजिल्याण्ड जारी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अबुधाबीमा बुधबार राति भएको खेलमा इंग्ल्याण्डलाई पाँच विकेटले पराजित गरेर न्यूजिल्याण्डले फाइनलमा स्थान बनाएको हो ।

इंग्ल्याण्डले प्रस्तुत गरेको १६७ रनको लक्ष्य न्यूजिल्याण्डले १९ ओभरमा मात्रै पाँच विकेटको क्षतिमा भेट्टाएको हो ।

न्यूजिल्याण्डको जितमा डारल मिचेलले ४७ बलमा नटआउट ७२ रनको योगदान दिए । यस्तै डेभन कनवेले ३८ बलमा ४६ तथा जिमी निशमले ११ बलमा २७ रन बनाए।

पहिले ब्याटिङ्ग गरेको इंग्ल्याण्डले चार विकेटको क्षतिमा १६६ रन बनाएको थियो । उसका लागि मोइन अलीले ३७ बलमा नटआउट ५१, डविड मालनले ३० बलमा ४१ तथा जोस बट्लरले २४ बलमा २९ रन बनाएका थिए ।

तपाईको प्रतिक्रिया