शिक्षा
जनहित हाईस्कुलका पूर्व प्रधानाध्यापक थापाको निधन
जोमसोम— मुस्ताङको जनहित हाईस्कुलका पूर्व प्रधानाध्यापक दुर्गाबहादुर थापाको निधन भएको छ ।बि.स. २०२६ सालदेखि बि.स. २०३३ सालसम्म जनहित हाईस्कुलको प्रधानाध्यापक पदमा रहि कार्यसम्पादन पूरा गरेका थापाको मंंसिर ३ गते निधन भएको हो ।
भारतको दार्जलिङ घुम पहाडमा जन्मिएका प्रधानाध्यापक थापा त्यस समय दुर्गम हिमाली जिल्ला मुस्ताङको जनहित हाईस्कुलमा कार्यरत रहेका थिए ।उनकै कार्यकालमा जनहित हाईस्कुलले २०२८ सालको एसएलसी ब्याजको परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको थियो । बिद्यालयको चौतफी विकासको लागि अविछिन्न सेवा गर्नु भएका पूर्व प्रधानाध्यापक थापालाई त्यस समय तत्कालिन सरकारबाट सम्मान गरिएको थियो । दुर्गम हिमाली १८ जिल्लाहरु मध्ये एसएलसी परीक्षामा शतप्रतिशत नतिजा प्राप्त गरे वापत बिद्यालयलाई नगद ५० हजार र प्रधानाध्यापक थापालाई सरकारले सम्मान गरेको थियो ।
जनहित हाईस्कुलमा कार्यरत पूर्व प्रधानाध्यापक थापाको निधन प्रति जनहित माध्यमिक बिद्यालयले शोक ब्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ । बिद्यालयले आईतबार पूर्व प्रधानाध्यापक थापाको सम्मानमा बिद्यालय बन्द गरेको जनाएको छ ।
बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष जयन्द्रलाल थकालीले पूर्व प्रधानाध्यापक थापा जनहित हाईस्कुलको शैक्षिक धरोहर भएको बताएका छन् । उनले थापाकै शैक्षिक योगदानले जनहित हाईस्कुल अहिलेको अवस्थामा आउन सफल भएको उल्लेख गरे ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया