पोखरामा स्रोत नखुलेको २ लाख डलरसहित एकजना पक्राउ
समाधान संवाददाता
२०७८ मंसिर ११ गते १३:०९

पोखरा : स्रोत नखुलेको १ लाख ९४ हजार डलरसहित एकजना नेपाली नागरिकलाई कास्की प्रहरीले पक्राउ गरेको छ। काठमाडौंबाट पोखरा आइरहेका ती व्यक्तिलाई पृथ्वी राजमार्गको लेखनाथ मजुवाबाट प्रहरीले पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका व्यक्तिमाथि आवश्यक सोधपुछ गरिरहेको छ।
ती व्यक्तिलाई विशेष सूचनाका आधारमा तनहुँ र कास्कीको सीमाना मजुवाबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘ती व्यक्तिले अवैध रुपमा अमेरिकी डलर बोकेर हिँडेको भन्ने विशेष सूचनाका आधारमा हामीले पक्राउ गरेका छौँ’, डीएसपी महेन्द्र मर्सानीले भने, ‘दुई लाख अमेरिकी डलर बरामद गरिएको छ, बाँकी अनुसन्धानपछि थाहा होला।’
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया