बंगलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
समाधान संवाददाता
२०७५ चैत ३ गते १२:४६

सामाधान संवाददाता
साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई पराजित गर्दै नेपाल समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ।
शनिबार शहीद रंगशालामा भएको खेलमा बंगलादेशलाई ३–० ले हराउँदै नेपालले उक्त स्थान पक्का गरेको हो। योसँगै नेपाल समूह विजेताको रूपमा अन्तिम ४ मा प्रवेश गरेको छ।
नेपालको तर्फबाट सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक-एक गोल गर्न सफल भए। अर्को एक गोल भने बंगलादेशले आत्मघाति गरेको थियो।
नेपालले तीन वटै गोल पहिलो हाफमा गर्न सफल भएको हो। दोस्रो हाफमा भने नेपालले गोल थप्न सकेन।
समूह ‘ए’मा नेपालले दुई खेलबाट ६ अंक जोडेसँगै ऊ समूह विजेता बनेको छ।
समूह चरणका दुवै खेलमा पराजित हुँदै भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ।
सम्बन्धित







‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’
कास्की आइडलको दोस्रो चरणमा ३५ जना
ह्याङ्जाकोटको पर्यटन प्रवर्द्धनमा पैरवी
लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीमा परशुराम
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया