राप्रपा अध्यक्षमा थापा र लिङ्देलको उम्मेदवारी

समाधान संवाददाता २०७८ मंसिर १७ गते १५:१८

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि २६४ जनाको उम्मेदवारी परेको छ । शुक्रबार बिहान ११.३० बजेदेखि दिउँसो २ बजेसम्मलाई निर्वाचन आयोगले दिएको समयभित्र १४१ केन्द्रीय सदस्य पदका लागि २६४ जनाको उम्मेदवारी परेको हो ।

केन्द्रीय निर्वाचन समितिका सदस्य एवम् वरिष्ठ अधिवक्ता राजु बस्नेतका अनुसार महिला ४७, पुरुष खुला ५७ र आदिवासी, जनजाति, प्रवासहसित १४१ सिटमा २६४ जनाको उम्मेदवारी परेको छ ।

राप्रपा निर्वाचन आयोगका अनुसार अध्यक्ष पदमा राजेन्द्र लिङ्देन कमल थापाको उम्मेदवारी परेको छ । उनीहरुले प्यानलसहित उम्मेदवारी दिएका हुन् । राप्रपा महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् । अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ ।

अध्यक्ष
१ कमल थापा
२ राजेन्द लिङ्देल
उपाध्यक्ष
१. जगतप्रसाद गौचन
२. रामचन्द्र राय यादव
३ लीलादेवी श्रेष्ठ महिला
४ विक्रम पाण्डे
५ रोशन कार्की
६ बुद्धिमान तामाङ
७ दुर्गा श्रेष्ठ
८ ध्रुवबहादुर प्रधान

महामन्त्री ६ जना ( ४ पुरुष, २ महिला )
१. रेखा थापा
२. कुन्ती कुमारी शाही

Advertisement

पुरुष
१. डा. धवल शमशेर राणा
२. श्यामप्रसाद तिमल्सिना
३. भुवन कुमार पाठक
४. भास्कर भद्रा

Advertisement

तपाईको प्रतिक्रिया