स्थानीय तह

लोघेकरमा ५ वटै वडा कार्यालय भवन एकैसाथ उद्घाटन

समाधान संवाददाता २०७८ मंसिर २२ गते २०:१२
मुस्ताङको लोघेकर गापा अन्तर्गतका ५ वटै वडा कार्यालय भवन उद्घाटन । तस्विर ःटै ढिन्डुक ठकुरी,निमा विवश


जोमसोम—

Advertisement

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका ५ वटै वडा कार्यालय भवनको एकैसाथ उद्घाटन गरिएको छ ।लोघेकर गापाको वडा—१ चराङ,वडा—२ घमी,वडा—३ घिलिङ,वडा—४ ढि ÷सुर्खाङ र वडा —५ ताङ्ग्यामा एकसाथै नवनिर्मित वडा कार्यालय भवन उद्घाटन भएको हो ।
संघीय सरकारको बित्तिय समानीकरण तथा पालिकाको आन्तरिक श्रोतको साझेदारीमा ५ वटै वडा कार्यालय भवन सम्पन्न भएको हो ।सो पालिकाले संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तहको भौतिक संरचना निर्माण कार्यविधि २०७६ अन्तर्गत वडा तथा पालिका भवन निर्माणकार्य सुरु गरिएको थियो । आर्थिक वर्ष २०७५÷०७६ साल देखि पालिकाले वडा तथा पालिका भवन निर्माणको काम सुरु गरेको थियो । स्थानीय तह मार्फत संम्वन्धि वडाका उपभोक्ता समिति मार्फत वडा कार्यालय भवन निर्माण गरिएको गापाले उल्लेख गरेको छ ।

लोघेकर गापा अन्तर्गतका ५ वर्टै वडा कार्यालय भवन गत वर्षनै सम्पन्न भएपनि कोरोना कहरका कारण उद्घाटन गर्ने काम रोकिएको थियो ।
कोरोना संक्रमण न्यूनिकरण हुँदै गईरहेको र जिल्ला जारी निषेधाज्ञा खुकुलो भएकाले लोघेकर गापा अन्तर्गतका ५ वटै वडा कार्यालय एकैसाथ उद्घाटन गरिएको हो ।वडा कार्यालय भवन उद्घाटनका क्रममा स्थानीयले वडा जनप्रतिनिधिहरुलाई खादा लगाएर सम्मान गरे ।

उपल्लो मुस्ताङको लोघेकर —१ चराङ वडा कार्यालय भवनको जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले उद्घाटन गरिन् । अन्य वडाहरुको कार्यालय भवन भने गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उद्घाटन गरे । वडा कार्यालय भवनको उद्घाटनका क्रममा गापा अध्यक्ष बिष्टले संघीयतासंगै स्थानीय तहको पहिलो कार्यकालमा ५ वटै वडा कार्यालय भवन निर्माणको काम सम्पन्न गर्न पाउँदा आफु गौरान्विगत भएको बताए । उनले उपल्लो मुस्ताङको मौलिक कलासंस्कृतिक पहिचान झल्किने गरी ५ वटै वडा कार्यालय भवन निर्माण गरेको उल्लेख गरे ।
यसअघि स्थानीय तहका आफ्नै वडा कार्यालय भवन नहुदा समाजघर,क्लवघर ,स्वास्थ्य चौकी,आमा समुहको भवन लगायतबाट वडा कार्यालय दिने सेवा प्रवाह गरिएको गापाका लेखा अधिकृत प्रकाश पौडेलले जानकारी दिए । वडा कार्यालय भवन निर्माणपछि वडा कार्यालयको सेवा प्रवाहमा सहज भएको उनले उल्लेख गरे ।

लोघेकर दामोदरकुण्ड गापाले आफ्नौ ५ वर्टै वडा कार्यालय भवन उद्घाटन गरेपनि पालिकाको प्रशासकीय भवन निर्माणको काम भने ६० प्रतिशत मात्र सम्पन्न गरेको छ । कोरोना कहरका कारण भवन निर्माणको काम प्रभावित भएको सो पालिकाको भनाई छ । लोघेकरको प्रशासकीय पालिका भवन निर्माणको काम ईमोटल कन्ट्रक्सन जेभीले ४ करोड २४ लाख ५८ हजारमा सम्झौता गरेको थियो ।

Advertisement

संघीय तथा प्रदेश अनुदान र पालिकाको निजी साझेदारी निर्माण बहुबर्षीय योजना अन्ँतर्गत पालिका भवन निर्माण निर्माण गरिएको ईन्जिनीयर सन्देश केशीले जानकारी दिए । सो पालिकाले ३ रोपनी जग्गामा ३ तले भवन निर्माणको काम सुरु गरेको थियो । चालु आर्थिक वर्षभित्रै भवन निर्माणको काम सक्ने गरी काम अघि बढाईने पालिकाले उल्लेख गरेको छ । पालिका भवन पनि वडा कार्यालय जस्तै मौलिक कला संस्कृति झल्किने गरी निर्माणको काम भईरहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया