‘फोल्डिङ’ मञ्चमा दोस्रो टाइगर कप

सञ्जय रानाभाट २०७८ मंसिर २५ गते १७:५८

पोखरा ।
पोखरा खेलकुदको मुख्य केन्द्रविन्दु बन्दै गएको छ । १३ औं दक्षिण एशियाली खेलकुद (साग)को सफल आयोजनापछि पोखरा खेलकुदको हव बन्दै गएको हो । पोखरामा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको एकपछि अर्को सफल हुँदै गएको छ ।

गत वर्षबाट सुरु भएको टाइगर कपले ‘दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप पुरुष÷महिला भलिवल प्रतियोगिता २०७८’ गर्ने भएको छ । भलिबल प्रतियोगिताको आयोजक टाइगर गुप अफ पोखराले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएका हो ।


पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजना हुने प्रतियोगिता पुस २६ देखि माघ १ सम्म हुनेछ । प्रतियोगितामा महिला तथा पुरुष राष्ट्रिय टिमहरुको सहभागिता हुने कपका अध्यक्ष नारायण शर्माले बताए । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा पुरुषतर्फ ५ र महिला तर्फ ५ टिम सहभागिता रहने शर्मा बताउँछन् । उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ विभागिय टिमहरु नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवल, हेल्प नेपाल स्पोर्टस क्लव र गण्डकी प्रदेशको टिम रहने छ । महिलातर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लव, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर गुप्र अफ पोखरा, नेपालको सहभागिता रहनेछ ।

Advertisement


प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले पहिलो संस्करण भन्दा दोब्बर पुरस्कार रासी रहेको अध्यक्ष शर्माले बताए । ‘महिला÷पुरुष उपाधी विजेता टिमलाई नगद ३÷३ लाख, उपविजेताटिमलाई नगद १ लाख ५० हजार, तेस्रो टिमलाई नगद ७५ हजार र सान्तवना टिमलाई नगद ३५ हजार प्रदान गर्नेछौं । महिला÷पुरुष तर्फ उत्कृष्ट एक÷एक खेलाडीलाई समान नगद २५÷२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद समान नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्,’ उनले भने ।


पोखरा रंगशालामा हुने उक्त भलिबल प्रतियोगितमा १५ हजार दर्शक क्षमताको प्याराफिट निर्माण गर्ने शर्माले बताए । भन्छन्, ‘यो पटक विशेष प्रकारको ‘फोल्डिङ’ मञ्च निर्माण गर्नेछौं । वृद्ध–वद्धालाई खेल हेर्न छुट्टै व्यवस्था संगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई विशेष सुविधा दिनेछैं । प्रतियोगितालाई सफल बनाउन हामीले आयोजक समिती गठन अघि बढि सकेका छौं ।’

Advertisement


आयोजक समितिको संयोजक शिव श्रेष्ठ र सहसंयोजकमा गोविन्द थापा मगर, प्रचार प्रसार उपसमितिमा संयोजकमा रामकृष्ण ज्ञवाली, आर्थिकमा हरिबहादुर श्रेष्ठ, सचिवालय व्यवस्थापनमा डम्बरबहादुर नेपाली, समारोह व्यवस्थापनमा प्रकाश बराल, अतिथी सत्कारमा देवेन्द्र केसी, यातायतमा अशोक श्रेष्ठ, स्वयंसेवकमा विष्णुबहादुर गुरुङ, टिम तयारी नविन गुरुङ, पुरस्कार तथा मेडल व्यवस्थापनमा राजकुमार गुरुङ, खेल मैदान व्यवस्थापनमा खुमबहादुर थापा, संघ–संस्था व्यवस्थापनमा धोजकुमार गुरुङ, संस्कृतिक व्यवस्थापनमा यामबहादुर गुरुङ, सुरक्षा व्यवस्थापनमा मिलन गुरुङ, पानी तथा खाजा व्यवस्थापन चक्र प्रसाद गौचन ‘खगेन्द्र रहेका छन् ।


कपले प्रतिगोगितालाई भव्य सँगै मर्यादित रुपमा अघि बढाउन सबैसँग हामीसहयोगका लागि आग्रह गरेको छ । ‘स्वदेश तथा विदेशबाट प्रतिोगिता सफल बनाउन आर्थिक, भौतिक एवम् नैतिक सहयोगका लागि समेत हामी विशेष अनुरोध गर्दछैं । गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयका विशेष आर्थिक सहयोग रहने छ,’ शर्माले भने ।


प्रतियोगितालाई सफल पार्न टाइगर ग्रप अफ पोखरा, नेपालको आयोजनामा नेपाल भलिवल संघको स्वीकृत, राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार यूवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, पश्चिमाञ्चल क्षत्रिय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघ, जिल्ला भलिवल संघ कास्कीले सहयोग गरेका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया