कांग्रेसमा थप सहमहामन्त्रीहरुको मत गणना
समाधान संवाददाता
२०७८ पुष २ गते १२:२१

काठमाडौं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट टुंगिन बाँकी पाँच सहमहामन्त्रीका लागि आज मतगणना सुरू हुन लागेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार मुस्लिम, मधेसी र खसआर्य सुरू भएको हो। थारू र पिछडिएको क्षेत्रको केही बेरमा सुरू हुँदैछ। खसआर्यबाट पोखराका देवराज चालिसे महामन्त्रीका उम्मेदवार छन् ।
हिजो तीन सहमहामन्त्रीको मतगणना भएको थियो । मतपरिणाम अनुसार सहमहामन्त्रीमा दलिततर्फ पोखराका जीवन परियार, महिलातर्फ महालक्ष्मी उपाध्यापय डिना र आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् ।
सभापति, उपसभापति र महामन्त्रीको मतगणना सकिइसकेको छ । सहमहामन्त्रीको मतगणनापछि केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया