शनिबारको बिदामा सिडिओ शर्मा वन गस्तीमा

जोमसोम—
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ लुप्राको खम्पा क्याम्प माथिको उच्चलेंकमा बृहत वन गस्ती गरिएको छ । जैविक विविधताले महत्वपूर्ण मानिएको हिमाली जिल्ला मुस्ताङमा वन्यजन्तुको चोरी शिकार भए नभएको पत्ता लगाउन मुस्ताङ प्रजिअ नेत्रप्रसाद शर्मासहित अन्नपूर्ण सं।रक्षणक्षेत्र आयोजना र जिल्लाका तीनै वटै सुरक्षा निकायको टोलीले शनिवार सो स्थानमा बृहत वन गस्ती गरेको जनाईएको छ ।
जिल्ला प्रशासन कार्यालयको नियमित कामकाजलाई असर नपर्ने गरी शनिबार प्रजिअ शर्मा वन गस्तीमा जुटेका हुन् । यसअघि प्रजिअ शर्माकै नेतृत्वमा घरपझोङ गाउँपालिका—५ मा पर्ने कैसाङ जंगलमा संयुक्त वन गस्ती गरिएको थियो । मुस्ताङमा वन अनुमगन नियमित रुपले अघि बढाईएपछि बन्यजन्तु तस्करको गतिविधि रोकिएको प्रजिअ शर्माले दावी गरे ।यसअघि गत असोजमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा गाउँको खम्पा क्याम्प माथिको लेकमा वनतस्करी गतिविधि बढेको थियो । त्यसबेला बन्यजन्तु तस्करहरुले थापेको पाँसोमा एक जिउँदो कस्तुरीसहित ५ वटा कस्तुरी मृत अवस्थामा भेटिएको थियो । बन्य जन्तु चोरी शिकारी गर्ने उद्देश्यले बिच्याईएका १ सय ७२ थान पासो भेटिएको थियो । पछिल्लो समय मुस्ताङको लेंकमा वन गस्ती नहुदा वन्यजन्तु तस्करहरु मौलाएका थिए । कस्तुरीको नाबी बहुमुल्य हुने भएकाले कस्तुरी दोहन गर्ने क्रम बढेको थियो ।

हिमाली लेंकमा ठुलो परिमाणमा बन्यजन्तुको दोहन बढेपछि वनजन्तु संरक्षणमा चुनौती थपिएको थियो । वन सम्पदा र वन्यजन्तु सरक्षण गर्ने सरकारको दायित्व रहने भन्दै प्रजिअ शर्माले वन गस्तीलाई तिब्रता दिएका थिए ।समून्द्री सतह देखि ४ हजार मिटर अग्लो उचाईमा हिउँदयामको चिसो सहदै प्रजिअ शर्मासहितको टोलीले वन गस्ती गरेका हुन् ।वन गस्तीमा सुरक्षा निकायको संम्पूर्ण टिमको सहभागिता रहेको प्रजिअ शर्माले जानकारी दिए । उनले विगतको तुलनामा बन्यजन्तु तस्करको गतिविधि नदेखिएका सन्तोष गर्नपर्ने अवस्था रहेको बताए ।
‘यसअघि कैसाङ लेंकमा हामीले पहिलो वन गस्ती ग¥यौं ,प्रजिअ शर्माले भने,‘ दोश्रो वन गस्तीमा जाँदा पहिलो वन अनुगमनको प्रभाव राम्रो देखियो ।’कैसाङ लेंक जस्तै लुप्रा लेंकमा पनि वन्यजन्तुको मुमेन्ट देखिएको प्रजिअ शर्माले बताए । हिउँले भरिएको स्थानमा हामी पुग्यौ,त्यहा पुग्दा हिउँ थुप्रिएको स्थानमा वन्यजन्तुको डोब ,वन्यजन्तुले फालेको दिशा र लियर्स आदी भेटिएको प्रजिअ शर्माले जानकारी दिए ।
बडा दशै तथा तिहार पर्वको मेलोमा वन्यजन्तु तस्करले आफ्ना गतिविधि अघि बढाएका थिए । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापले मुस्ताङका सबै स्थानीय संरक्षण समितिलाई वन अनुमगन तथा वन्यजन्तु तस्करीप्रति सचेत रहन समेत पत्रचार गरेको थियो ।
तपाईको प्रतिक्रिया