थ.से.स. सदस्य शेरचनको निधन

जोमसोम—
थकाली सेवा समितिका केन्द्रिय सदस्य राजेन्दप्रसाद्र शेरचनको शनिबार निधन भएको छ ।उनको उपेन्द्र देवकोटा मेमोरियल ( न्यूरो अस्पताल ) बाँसबारीमा उपचारका क्रममा निधन भएको परिवार श्रोतले जनाएको छ ।
मुस्ताङ जिल्ला थासाङ थासाङ गाउपालिका—२ लार्जुङ पूख्यौली घर भई काठमान्डौं सामाखुसी टाउन प्लानिङ निवासी शेरचनको ७६ वर्षको उमेरमा निधन भएको हो । उनको अन्तिम संस्कार पुस ५ गते हुने र क्रियाशुद्धि थकाली सेवा समिति काठमान्डौंमा बौद्ध परम्परा अनुसार हुने थकाली सेवा समितिले जनाएको छ ।
स्वर्गीय शेरचनका ३ छोरा र १ छोरी छन् ।उनी थकाली सेवा समिति काठमान्डौंका नया भवन निर्माण समितिका सदस्य थिए ।थकाली सेवा समिति काठमान्डौंले दिवंगत शेरचनको निधनमा आज सोमबार श्रद्धाञ्जली कार्यक्रमको आयोजना ग¥यो ।
सो अवसरमा दिवंगत शेरचनको निधनप्रति थकाली सेवा समितिले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक ब्यक्त गरेको जनाएको छ ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया