एमसीसी विरुद्ध मुस्ताङमा सांकेतिक बिरोध प्रर्दशन
कालो अक्षरले लेखिएको ‘नो एमसीसी ’ सेतो टिसर्ट बितरण गरिएको थियो

जोमसोम—
मुस्ताङमा मिलिनियम च्यालेन्ज कर्पोरेशन ( एमसीसी )विरुद्ध सांकेतिक विरोध प्रर्दशन गरिएको छ ।हाम्रो नेपाल,हामी नेपालीका केन्द्रिय सदस्य एवं एनआर एन यूकेका सल्लाहकार सामाजिक अभियान्ता तेज थकालीको नेतृत्वमा सांकेतिक विरोध प्रर्दशन गरिएको हो ।
अमेरिकाले नेपाल माथि एमसीसी संसदबाट अनुमोदन गर्न लगातार दबाव दिईरहेको र नेपालमा पनि यस बिषयमा बहश पैरवी भईरहेका बेला मुस्ताङमा सांकेतिक बिरोध प्रर्दशन गरिएको हो ।मुस्ताङको घरपझोङ गाउपालिका—३ स्याङको झोनाधाङ पार्कमा बुधबार केन्द्रिय सदस्य एवं सामाजिक अभियान्ता तेज थकालीसहित एक दर्जन बढी युवाहरुले एमसीसी नेपालको हितमा नरहेको भन्दै सांकेतिक विरोध प्रर्दशन गरेका थिए ।
घरपझोङ —३ स्याङको जनकल्याण युवा क्लवका सदस्यहरुको उपस्थिती रहेको सांकेतिक विरोध प्रर्दशनका क्रममा सहभागी युवाहरुलाई सेतो टिसर्टमा कालो अक्षरले लेखिएको ‘नो एमसीसी ’ टिसर्ट बितरण गरिएको थियो । सांकेतिक विरोध प्रर्दशनका क्रममा युवाहरुले मुस्ताङबाट पनि एमसीसी बिरुद्ध आवाज उठाउन आह्वान गरे ।सो क्रममा हाम्रो नेपाल,हामी नेपालीका सामाजिक अभियान्ता तेज थकालीले एमसीसी नेपालको हितमा नरहेको भन्दै युवाहरुलाई सचेत रहन सुझाए ।
सामाजिक अभियान्ता थकालीले अमेरिकी महत्वकांक्षी आर्थिक लगानीको रुपमा रहेको एमसीसीले देशलाई बर्वादीको दिशातर्फ उन्मुख गराउने दावी गरे । उनले अमेरिकाले नेपाली भुमी प्रयोग गरी चिन बिरोधी गतिविधि गर्न र मुस्ताङको युरोनियम खानी दोहन गर्न एमसीसी परियोजना ल्याएको उल्लेख गरे ।
‘परियोजनाको ७७ पृष्ठ लामो कार्ययोजनामा कतिपय बुदाहरुले नेपालको राष्ट्रियता अखण्डता र स्वाभिमानमा आघात पुग्ने शर्तहरु उल्लेख छन् ,सामाजिक अभियान्ता थकालीले भने,’एमसीसी सर्वप्रथम ल्याउनै हुँदैन ,ल्याउन परे थुप्रै बुदाँ सशोधन हुनैपर्छ ।’







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया