माझठानाकी पूर्ववडा सदस्य पदमकुमारीको निधन

पोखरा ।
पोखरा महानगरपालिका २८ माझठानाको रत्नशोभा माध्यमिक विद्यालयकी पूर्वअध्यक्ष पदमकुमारी भुर्तेलको निधन भएको छ । उनको माघ २३ गते बिहान ३ बजे आफ्नै निवासमा निधन भएको हो । ८५ वर्षीय पदमकुमारी २ वर्षदेखि रक्तचापको बिरामी भएको रत्नशोभा माध्यमिक विद्यालयका पूर्व अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए ।
कान्छी छोरी शिवकुमारी भुर्तेल (थापा) सँग बस्दै आएकी पदमकुमारी साविक माझठाना गाउँ पञ्चायतमा वडा सदस्य भएकी थिइन् । पञ्चायत कालमा समाजमा भएका विकृति विरुद्ध सामाजिक न्यायको मुद्दा बोकेर समाज परिवर्तनमा उनले आवाज उठाएको लामिछाने बताउँछन् ।
माझठानमै रहेको रत्नशोभा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रहेर उनले शैक्षिक क्षेत्रमा भवन निर्माणदेखि विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेखनीय योगदान पु¥याएको लामिछानेले बताए । ‘गाउँमा महिलामध्ये पनि साहसिक महिला हुनुहुन्थ्यो । पञ्चालयका बेला उहाँकै नेतृत्वमा माझठानामा विकास निर्माण धेरै काम भए । महिलाका समस्याको बुलन्द आवाज उहाँले उठाउँदै आउनुभएको थियो,’ लामिछानेले भने । स्वर्गीय भुर्तेलकाका २ छोरी र नातिनातिना छन् ।







सम्पादकीय—ठूला प्रकरण छानबिन गर
साङ्ता गाउँः जहाँ हत्तपत्त राज्य पुग्दैन
स्याउ बगैंचा स्याहार्दै मुस्ताङका किसान
आइटिएफ जे ३० वर्ल्ड टेनिस टुरको राउन्ड १६ मा रोमाञ्चक नतिजा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया