कहिले आउँला मुस्ताङमा जहाज ?
मुस्ताङमा हवाई उडान नहुँदा जोमसोम विमानस्थल गुमनाम छ

जोमसोम—
पोखरा —जोमसोम हवाई उडान विगत दुई महिना देखि ठप्पै छ ।गत पुसको सातादेखि ठप्पै रहेको पोखरा—जोमसोम हवाई सेवा अझै सञ्चालनमा आएको छैन ।
सरकारले आन्तरिक तथा बाह्य उडानमा कुनै रोक लगाएको छैन । यद्यपी मुस्ताङमा हवाई सेवा ठप्प रहँदा यहाँका पर्यटन व्यवसायी भने चिन्तित देखिएका छन् । मुस्ताङमा हवाई उडान नहुँदा जोमसोम विमानस्थल गुमनाम छ । झन्डै १६ सय मिटर क्षेत्रमा फैलिएको यहाँको कालोपत्रे विमानस्थल जहाजको पर्खाईमा छ । तर,जहाज कहिले आउँछ भन्ने अझै टुङ्गो लागेको छैन । पोखरा स्थित तारा एअरलाईन्सका एक प्रतिनिधिका अनुसार पोखरा —जोमसोम हवाई सेवा मार्च १ तारिखदेखि सञ्चालनमा आउने बताएका छन् । उनका अनुसार तारा एअरलाईन्सका जहाजहरु मर्मत सुधारमा रहेको , मौसम प्रतिकुलता र पर्यटकीय अफसिजन भएकाले उडान नियमित हुन नसकेको हो ।
कोरोना सक्रमणकाल अघि हिउँदयामको मौसममा पर्यटकीय अफसिजन समेत भएपनि तारा एअरको जहाजले कम्तिमा एक उडान भर्ने गर्दथ्यो । चालु वर्ष भने विगतमा दिदै आएको नियमित उडान समेत यसपटक रद्द गरेको हो ।
अत्यधिक चिसो र हिमपातका कारण हिउँदयाममा मुस्ताङको पर्यटन सुनसान हुने गर्छ । मुस्ताङमा पर्यटकको उपस्थिती नहुने भएपछि निजी एअरलाईन्स कम्पनीहरुले पोखरा—जोमसोम हवाई उडानमा चाँसो नदिएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले जानकारी दिए । उनका अनुसार यहा आउने पर्यटक नहुने र मौसम प्रतिकुलता कारण निजी एअरलाईन्स कम्पनीले सेवा दिन नसकेकन हुन् ।मुस्ताङमा पुसको पहिलो सातादेखि अहिलेसम्म जहाज आउन नसकेको उनले बताए ।

मुस्ताङमा तारा एअर र समिट एअरका साना जहाजहरुले उडान भर्ने गर्दथे । बशन्त ऋणको आगमनपछि पोखरा—जोमसोम हवाई दैनिक १८ उडानसम्म हुने गथ्र्यो ।तर अहिले एक उडानसम्म हुन सकेको छैन ।पोखरा—जोमसोम हवाई सेवा ठप्पै हुदा जिल्लाका कर्मचारी,सुरक्षाकर्मी र स्थानीय नागरिकलाई आउजाउमा निकै समस्या पर्दैआईरहेको छ । निर्माणधिन बेनी—जोमसोम सडकमा ठाउँ ÷ठाउँमा टाईमकार्ड लगाईएकाले मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा स्थानीयलाई सास्ती हुने गरेको छ ।त्यसै मुस्ताङमा कुनै नागरिक आकस्मिक बिरामी पर्दा ृउपचारका लागि सुगमको अस्पतालमा पू¥याउन समस्या परिरहेको छ । हवाई सेवा नियमित भएको भए यहाँका बिरामीलाई छिटो÷छरितो उपचारका लागि सुगमका अस्पतालमा पू¥याउन सहज हुने स्थानीयको भनाई छ ।
पोखरम—जोमसोम हवाई उडानका लागि विदेश पर्यटक र नेपाली पर्यटकलाई फरक ÷फरक भाडादर कायम गरिएको छ । यात्रुको निम्न चाप र नेपाली यात्रु बोक्दा एअरलाईन्स घाटामा जाने भएकाले पनि मुस्ताङमा उडान भर्न कम्पनी ईच्छुक नदेखिएका हुन् । तारा एअरको साना जहाजले अहिले हुम्ला र सिमिकोट तर्फ उडान भर्ने गरेको जोमसोम नागरिक उड्यन कार्यालयको भनाई छ । एकतर्फी यात्रु बोक्दा एअरलाईन्स कम्पनीलाई खर्च समेत नउठ्ने भएकाले उडान सञ्चालनमा आउन नसकेको हो ।







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया