पलले भने-प्रहरी सामु आफै उपस्थित हुन्छु

समाधान संवाददाता २०७८ फागुन १५ गते ११:२८

पोखरा ।

नाबालिका बलात्कारको आरोप लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह)ले प्रहरी सामु आफै उपस्थित हुने बताएका छन् । उनले आइतबार फेसबुक स्टाटस मार्फत यस्तो बताएका हुन् । उनी विरुद्ध १७ वर्षीया कलाकारलाई जबरजस्ती करण गरेको जाहेरी फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा परेको थियो ।

Advertisement

आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनुपरेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन् ।

साथै आफ्नो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भन्ने पक्षलाई ध्यानमा राखेको उनको भनाइ छ ।

Advertisement

‘नेपालको कानूनलाई सम्मान गर्दै प्रहरीसामु म आफैं आज उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’ शाहले लेखेका छन् ।

सम्पादकीय: दफा २१९

तपाईको प्रतिक्रिया