मुस्ताङको थासाङमा फेरी हिमपहिरो , खर्कका १५ चौरी मरे,१० चौरी बेपत्ता

जोमसोम—
मुस्ताङको थासाङ गाउँपालिका—२ मानापाथी हिमालको फेंदमा शनिबार बिहान करिव ४ बजे फेरी भिषण हिउँ पहिरो गएको छ । हिउँपहिरोले पुरिएर पानापाथी हिमालको फेदं नजिक खर्कको गोठमा रहेका १५ वटा चौरी मरेको जनाईएको ।
थासाङ—२ नाउँरिकोटकी स्थानीय शुशिला गौचन र उनका भाई नरप्रसाद गौचनको गोठमा रहेका ३९ वटा चौरी मध्ये १५ वटा चौरी हिउँपहिरोमा पुरिएर मरेको थासाङ—२ बोक्सी खोलाका सुजन गौचनले पुष्टि गरे । उनका अनुसार कुल ३९ वटा चौरी मध्ये १४ वटा चौरी जिउँदो भेटिएको र १५ वटा चौरी हिउँपहिरोमा पुरिएर मरेका छन् भने १० वटा चौरी अझै फेला पर्न नसकेको गौचनले जानकारी दिए ।हिउँपहिरोको घटनापछि अहिले त्यसक्षेत्रका स्थानीयबासी र प्रहरीको टोलीले चौरी खोज्ने र घटनाको विवरण संकलन गर्ने काम गरेको उनले बताए ।
थासाङ—२ को गुरुसाङ्वो गुफा माथिको चिप्लुङ लेंकमा नाउरिकोटकी शुशिला गौचन र नरप्रसाद गौचनको चौरी गोठ रहेको थियो ।गोठमा चौरी हेर्ने गोठाला त्यहा नभएको अवस्थामा हिउपहिरो गएको चौरी धनी शुशिला गौचनले बताईन् ।हिउपहिरोले चौरी गोठ पुरै पुरिएको र आफ्नो चौरी गोठमा लाखौका क्षति पुगेको उनले बताईन् । स्थानीय बासिन्दा घरमा सुतिरहेको अवस्थामा हिउँपहिरो गएकाले जनमानसमा त्रास नभएको उनले खुलाईन् ।
यसअघि गत कार्तिकको तेश्रो साता उक्तक्षेत्रमा भिषण हिउँपहिरो गएको थियो । त्यसबेला बिहान करिव ११ बजे हिउँपहिरो गएपछि स्थानीयबासीमा भागदौड मच्चिएको थियो ।थासाङ—२ कोवाङ स्थित जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका शिक्षक, र विद्यार्थी भागदौड हुँदा ९ जना घाईते भएका थिए ।
त्यसक्षेत्रमा दशकौ देखि पटक÷पटक हिउपहिरो जाने गरेको थासाङ—२ सौरुका स्थानीय सोजन हिराचनले जानकारी दिए । उनले हिउँदयामको चिसो मौसममा पनि हिउँपहिरो जानु अनौठो घटना भएको उनले बताए ।त्यसक्षेत्रमा पटक÷पटक हिउँपहिरो जाने गर्दा खर्कको दर्जनौ गोठमा रहेका याकचौरी जोखिममा परेको उनले बताए ।







त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया