टाइगर कपबाट ८ लाख बचत

पोखरा ।
दोस्रो टाइगर कप आमन्त्रित क्लब महिला÷पुरुष भलिबल प्रतियोगिताबाट करिब ८ लाख रुपैयाँ बचत भएको छ । आयोजक टाइगर ग्रुप पोखराले मंगलबार पत्रकार सम्मेलन गरेर आयव्यव सार्वजनिक गरेको हो ।
जसअनुसार ७९ लाख ४६ हजार आम्दानी भएकोमा खर्च कटाइ ७ लाख ९५ हजार बचत भएको जानकारी दिइयो । क्लब अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार मुख्य प्रबद्र्धकबाट १३ लाख, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयबाट ६ लाख, टिकटबाट १५ लाख ८३ हजार, स्वदेश तथा विदेश एवं अन्य संघसंस्थाबाट ४४ लाख ६३ हजार आम्दानी भएको छ ।
खर्चतर्फ टिम व्यवस्थापनमा २ लाख १९ हजार, पुरस्कार तथा प्रोत्साहनमा १३ लाख ९० हजार, खेलाडी पोशाकमा ८ लाख ६२ हजार, समारोह व्यवस्थापन ७ लाख ३२ हजार, कार्यालय व्यवस्थापन ४ लाख, प्यारापिट मञ्च, साउण्ड सिस्टम ३ लाख २५ हजार, प्रचार एवं विज्ञापन २ लाख ४५ हजार, अतिथि सत्कार २ लाख ३० हजार, खेल मैदान व्यवस्थापन १ लाख ८६ हजार, स्वयंसेवक खर्च १ लाख ५० हजार, मसलन्द तथा स्टेसनरी १ लाख ४७ हजार, प्रमाणपत्र, मेडल, ट्रफी १ लाख २४ हजार, सचिवालय व्यवस्थापनमा १ लाख १८ हजार खर्च भएको जनाइएको छ ।
गत पुस २६ देखि माघ १ सम्म पोखरा रंगशालामा भएको प्रतियोगिताको बचत रकम सामाजिक क्षेत्र, खेलकुद एवं बाघ संरक्षण अभियानमा सहयोग गरिने अध्यक्ष शर्माले बताए । संस्थाको नाम ‘बाघ’ सँग जोडिएकोले उक्त अभियानमा लाग्न प्रेरणा मिलेको उनको भनाइ छ ।
सो अवसरमा संस्थाले स्वास्थ्य उपचारको लागि भलिबलकी राष्ट्रिय खेलाडी सरस्वती चौधरी र अमृत केसीलाई जनही १० हजार सहयोग गरेको छ । यस्तै, महिला भलिबलकी राष्ट्रिय टिम कप्तान अरुणा शाहीलाई समेत नगद सहयोग गरियो ।
संस्थाले सोही अवसरमा आफ्नो टिमबाट प्रतियोगितामा सहभागी महिला तथा पुरुष खेलाडीलाई जनही ५ हजारका दरले १४ जनालाई भत्तासमेत उपलव्ध गराएको संस्थाका महासचिव प्रकाश बरालले जनाए ।









कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
पोखरा महोत्सव सुरु
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया