खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्षमा दीननाथ बराल

समाधान संवाददाता २०७८ चैत ५ गते १७:२६

पोखरा ।

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा पत्रकार दीननाथ बराल निर्वाचित भएका छन् । शनिबार भएको दोस्रो अधिवेशनमा उनले अध्यक्षका प्रतिस्पर्धी रञ्जन अधिकारीलाई पराजित गरेका हुन् ।

निर्वाचन परिणाम अनुसार बरालले २९ र अधिकारीले २० मत प्राप्त गरेका थिए । अध्यक्ष बाहेक अरु पदमा भने सर्वसम्मत भएको थियो ।

Advertisement

उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशिकुमार पौडेल र कोषाध्यक्षमा कविता घर्तीमगर चुनिएकी छन् । सदस्यहरुमा एमबी आस्थामगर, दीपकराज मुल्मी, नारायण शाही, उमेश पुन र राजु गिरी निर्वाचित भए ।

Advertisement

तपाईको प्रतिक्रिया