अनेमसंघ मुस्ताङको अध्यक्षमा मिमकुमारी शेरचन

-नेकपा (एमाले) निकट भातृ संगठन अखिल नेपाल महिला संघ मुस्ताङको अध्यक्षमा मिमकुमारी शेरचन सर्वसम्मत निर्वाचित भएकी छिन् । अनेमसंघ मुस्ताङको मंगल सम्पन्न चौथो जिल्ला सम्मेलनको बन्द सत्रले शेरचनलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
जिल्ला सम्मेलनले उपाध्यक्षमा छिरिङ ल्हामो गुरुङ,सचिवमा सुनदेवी रसाईली र कोषाध्यक्षमा लक्ष्मी थकालीलाई पदाधिकारीमा निर्वाचित गरेको छ । यस्तै,सदस्यमा दीपा श्रेष्ठ, आशा बिक,रुपा बिक,लक्ष्मी बिक,देबिका बिक,छिरिङ मोलम गुरुङ, देवी थकाली,सरिता बिक, म्हेन्दो गुरुङ,ल्हाक्चुङ गुरुङ,किपल गुरुङ,श्रीमाया बिक,पासाङ भुटी गुरुङ,कर्साङ गुरुङ,र छिदी पाल्जोम गुरुङ सर्वसम्मत निर्वाचित भएकाृ प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तिलक बिकले जानकारी दिए ।
यसअघि अनेमसंघ मुस्ताङको चौथो जिल्ला सम्मेलनको सविधान सभा सदस्य,एमाले केन्द्रिय सदस्य एवं अनेमसंघकी सचिवालय सदस्य श्रीमाया थकालीले उद्घाटन गरेकी थिईन् ।सम्मेलनलाई सम्वोधन गर्दै केन्द्रिय सदस्य थकालीले महिलाहरुको उत्थानका लागि राजनितिक चेतना आवश्यक रहेको औल्याईन् । उनले २००७ सालपछि उत्पीडनमा परेका महिलाहरु विभिन्न राजनितिक परिवर्तनपछि रुपान्तरितको दिशमा अघि बढ्दै गईरहेको उल्लेख गरिन् । अझै पनि महिलाहरुमा बग्रेल्ती समस्याको चाङ रहेको उल्लेख गर्दै ति अधिकार प्राप्त गर्न महिला शक्ति जागरुक हुनुपर्ने उनले बताईन् ।कार्यक्रममा एमाले केन्द्रिय सदस्य टुक्का हमाल,एमाले केन्द्रिय सदस्य चन्दमोहन गौचन,जिल्ला अध्यक्ष आशबहादुर थकाली,शर्मिला गुरुङ, र विशाल विक लगायतले सम्मेलन सफलताको शुभ कामना मन्तब्य ब्यक्त गरेका थिए ।
सम्मेलनले आसन्न स्थानीय तह निर्वाचनमा महिलाहरुको सहभागीमा जोड दिदै एमालेका उम्मेदवारलाई जिताउने तर्फ चुनावी माहोल सृजना गर्ने निर्णय गरेको छ ।







समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया