नेरेसो २६ मा महिला उपसमिति

समाधान संवाददाता २०७९ वैशाख १ गते १३:१०

पोखरा l
नेपाल रेडक्रस सोसाइटी पोखरा २६ महिला उपसमिति गठन गरेको छ । समितिको संयोजकमा देवीमाया ढुंगाना, सहसंयोजक शारदा बराल, सचिव सृजना तिवारी र कोषाध्यक्षमा विष्णु अधिकारी छन् । सदस्यमा दुर्गादेवी पाठक, रीतादेवी रानाभाट, सूर्यदेवी रानाभाट, शर्मिला विक, माया बराल, कल्पना ढुंगाना, अञ्जना विक, सावित्री भूर्तेल र सुमित्रा बस्ताकोटी छन् ।

Advertisement


सोही कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदान र भित्तेपात्रो विमोचनसमेत भएको छ । नेपाल रेडक्रस सोसाइटीका निवर्तमान सभापति बामदेव ढुंगानाले रेडक्रस विशुद्ध मावनीय संस्था भएको बताए । उपशाखा सभापति शैलेन्द्रमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेरेसो कास्की शाखा उपमन्त्री उर्मिला खड्का, उपशाखाका संस्थापक सभापति नारायण बराल, सल्लाहकार झलकपाणि तिवारी, पूर्व सभापति नरभूपाल पौडेल, निवर्तमान सभापति चन्द्रबहादुर रानाभाट, संस्थापक महिला संयोजक निर्मला ढुंगाना, उपसभापति देविकामाया ढुंगाना, सहकोषाध्यक्ष दुर्गा तिमिल्सिना र सचिव दीपकनाथ भण्डारीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया