पोखराको राष्ट्र बैंक नजिकै आगलागी हुँदा २१ लाखको क्षति

पोखरा ।
नयाँ वर्षको पहिलो दिन पोखरामा आगलागी भएको छ । पोखरा महानगरपालिका ७ राष्ट्र बैंक नजिकै एक घरमा एकाबिहानै आगलागी हुँदा २१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
विद्युत सर्टभएर सुरु भएको आगलागीमा सोही घरमा डेरामा बस्दै आएका ४ परिवारको कुल २१ लाख बराबारको सम्पति जलेर नष्ट भएको तिवारीले जानकारी दिएका हुन् । आगलागी भएको ३५ मिनेटमा आगो नियन्त्रणमा लिएपनि ठूलो सम्पति जलेर नष्ट भएको उनले बताए । ‘जुस सपमा विद्युत सट भएर आगलागी सुर भएकाे रैछ । विद्युत सट हुने वितिकै इलोक्ट्रोनिक सामग्री, कारर्पेट र काठका फर्निचर हुँदै उक्त घरको अरु कोठामा आगो पुगेको हो,’ तिवारीले भने ।
स्थानीय, जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका प्रहरी र दमकलको टोलीले आगो नियन्त्रणमा लिएको हो । सोही घरमा किंस जुस सपबाट विद्युत सटबाट आगोलागि भएकाे तिवारीले जानकारी दिए ।
आगोले रुपन्देही घर भइ हाल गण्डकी प्रदेश सशत्र प्रविधिक गण पोखरामा कार्यरत राजेन्द्र ठाकुरको ५ लाख बराबरको सम्पति जलेर नष्ट भएको डिएसपी तिवारीले बताएका हुन् । उनका अनुसार ठाकुरको कोठामा भएको लत्ता कपडा, बेड बिस्तारा भाडा वर्तन, ४ तोला सुन र नगद भारु ५० हजार रुपैयाँ जलेर नष्ट भएको हो । आगलागीमा परेर सोही घरमा डेरामा बस्दै आएका रमाकान्त ठाकुरको ३ लाख ९० हजार बराबरको सम्पति जलेर नष्ट भएको हो । उनका पनि बेड विस्तारा, लत्ता कपडा, सुन, सिँलाई मेसिन र नगद जलेर नष्ट भएको तिवारीले बताएका छन् । उनी सशत्र प्रहरी गुल्ममा कार्यरत थिए ।
आगलागीमा परेर जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी हलदार प्रेम सुनारको पनि डोरामा भएको सम्पति नष्ट भएको हो । उनको डेरामा रहेको लत्ता कपडा, भाडा वर्तन, बेड विस्तारा, सुन गरी कुल ९ लाख ६० हजार बराबरको सम्पति जलेर नष्ट भएको डिएसपी तिवारीले बताए ।
उनका अनुसार सोही घरको भुइँ लतामा जुस पसल सञ्चालन गदैै आएका अबिन्द्र जैसवालको २ लाख ५० हजार बराबरको सम्पति नष्ट भएको हो । उनको जुस सपमा भएको प्रिज,कार्पेट र फर्निचर जलेर नष्ट भएको तिवारीले जानकारी दिएका हुन् ।
तपाईको प्रतिक्रिया