चितवन पोखरा सम्पर्क समाजको क्यालेन्डर विमोचन

पोखरा l
चितवन पोखरा सम्पर्क समाजले नव वर्ष विसं २०७९ को अवसरमा समाजका नयाँ सदस्यहरुको स्वागत, शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम गरेको छ ।
बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा चैत २९ गते मंगलबार आयोजित समारोहमा प्रमुख अतिथि पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा.दयाराज ढकालले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रम समुद्घाटन र समाजले प्रकाशन गरेको क्यालेन्डर विमोचन गरे । उक्त अवसरमा प्रमुख अतिथि डा.ढकालले नयाँ वर्षको शुभकामना दिँदै चितवन पोखरा सम्पर्क समाजले गरेकोे कार्य प्रशंसनीय भएको बताए । उनले आगामी दिनमा आफू पनि हरेक प्रकारले समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा विशेष अतिथि गुल्मी पोखरा सम्पर्क समाजका अध्यक्ष तथा अन्तर समाज महासंघ कास्कीका उपाध्यक्ष भानु भण्डारी क्षितिज र संस्थापक अध्यक्ष निर्मल सापकोटाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । अतिथिहरुमा पशु सेवा तालिम केन्द्र कास्कीका वरिष्ठ तालिम अधिकृत डा. शोभा शर्मा, भेटेरीनरी अस्पताल तथा पशुसेवा केन्द्र कास्कीका कार्यालय प्रमुख डा.शम्भु पाण्डे, सल्लाहकार देव कुमार श्रेष्ठ, अर्जुन बास्तोला र जीवन रेग्मी थिए ।
समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यालेण्डर प्रकाशनमा विज्ञापन दिई संस्थालाई सहयोग गरेकोमा अध्यक्षले सम्पूर्ण विज्ञापन दाताहरुलाई धन्यवाद दिनुको साथै नवआगन्तुक सदस्यहरुलाई समाजका हरेक क्रियाकलापमा सक्रियभई संस्थालाई अगाडि बढाउन सहयोग गर्न सल्लाह प्रदान गरे । कार्यक्रमको सञ्चालन सचिव तारा सापकोटाले र स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष दिलीप पनेरुले गरेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया