युनाइटेड क्लबको १२ औं वार्षिकोत्सव सुरु

पोखरा l
युनाइटेड क्लवको १२ औ वार्षिकोत्सवको अवसर पारी क्लबले साताव्यापी कार्यक्रम सुरु गरेको छ । सामाजिक काममा अग्रणी स्थानमा रही स्थापना कालदेखि स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी खुला चिडियाखाना निर्माण, सेती नदी संरक्षण र विपद व्यवस्थापनमा काम गर्दै आइरहेको क्लबले आफ्नो १२ औं वार्षिकोत्सवको अवसर पारी साताव्यापी कार्यक्रमको आयोजना गरेको हो ।
साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन विहीबार पोखरा १८ सराङकोटमा रहेको बाल सुधारगृहमा खाद्यान्न वितरण गरेको हो । उक्त अवसरमा वोल्दै युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमाल बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखी नै पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै १२ औं वार्षिकोत्सवको संघारमा आइपुग्दा निकै खुसी लागेको वताए । युनाइटेड क्लबको समाजिक कामबाट विभिन्न संघ संस्थाहरु प्रभावित वनेको र आगामी दिनमा युनाइटेड क्लबले अझै वृहत रुपमा सामाजिक कामलाई जोड दिएर अगाडी लैजाने बताए ।
सो अवसरमा बोल्दै बाल सुधार गृहका इन्चार्ज रमा शर्माले समाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले आफुहरुको संस्थामा खाद्यान्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा युनाइटेड क्लबको सामाजिक कामको उत्तर उत्तर प्रगतिको समेत कामना गरिन । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । क्लबका सदस्य तथा कार्यक्रम संयोजक चन्द्रकला पराजुलीले धन्यवाद मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन क्लबका महासचिव शान्ता बहादुर थापाले गरेका थिए ।








कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
पोखरा महोत्सव सुरु
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया