भेट्रान फुटबलमा ४ खेल
पोखरा l
युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशालामा सञ्चालित राष्ट्रिय नाइन ए साइड फुटबल प्रतियोगिता जारी छ । आइतबार ४ खेल भएका छन् । सोमबार सेमिफाइनलमा पोखराको संगम बीले बगर भाइखलकसँग प्रतिस्पर्धा गर्ने छ भने चितवन भेट्रानले सानो गौरचनसँग खेल्ने प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले बताए ।
पोखराको बगर भाइखलकले काठमाडौंको जोरपाटीलाई ४–२ गोल पराजित गर्यो । मनोज गुरुङले २ र ४७ औं मिनेटमा गोल गरे । गंगा तामाङले ४३ र दीपक पुनले बगर भाइखलकका लागि १२ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए । सजिन लामाले ३९ र रञ्जित लामाले ५१ औं मिनेटमा गोल गरेका थिए ।
चितवन भेट्रानले पोखराको संगम क्लब एलाई ३–० को नजिताले पराजित गरेको छ । वीरेन्द्रबहादुर पाण्डेले खेलको १० औं मिनेटमा गोल गरे । सुरेन्द्र चौधरीले २० औं मिनेटमा गोल दोब्बर बनाए । भरत गुरुङले खेलको ४० औं मिनेटमा गोल गर्दै फराकिलो अन्तरको जित सम्भव बनाए । खेलमा राजेन्द्रकुमार श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए ।
मनाङ मस्र्याङ्दी क्लबलाई पन्छाउँदै पोखराको संगमी बीले सेमिफाइनल सुरक्षित गर्यो । खेलको ४४ औं मिनेटमा विजय गुरुङले गोल गर्दै मनाङलाई १–० गोलले पराजित गरे । उनी खेलमा प्लेयर अफ दि म्याच घोषित भए । अन्ति खेलमा सानो गौचरनले काठमाडौंको फ्रिडम फाइटरलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम ४ स्थान बनाएको छ ।
निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा नेपाली राष्ट्रिय फुटबल टोली पूर्व कप्तान थापाको पेनाल्टी बचाउ भएको थियो । नितिन गुरुङ, शुक्र तामाङ, यमु राना र जगत लामाको प्रहार गोलमा परिणत भएपछि सानो गौचरनले जित पक्का बनाएको थियो ।
फ्रिडम फाइटरका लागि राजकुमार घिसिङ, रमेश गुरुङ, विष्णु सुनारले पेनाल्टी सदुपयोग गरे । तर विक्रम श्रेष्ठ र मिलन राईको प्रहारले जाली चुम्न नसकेपछि फ्रिडम फाइटर बाहिरिन पुग्यो । निर्धारित समयमा सानो गौचरनका लागि तेजबहादुर गलामीले ३८ र ४१ औं मिनेटमा गोल गरे । फ्रिडमका लागि मिलन राईले पेनाल्टीमा गोल गर्दै दिलाएको अग्रतालाई विक्रम श्रेष्ठले ३० औं मिनेटमा अर्को गोल थपे ।









कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
पोखरा महोत्सव सुरु
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया