राजनिति
मुस्ताङकी जिसस प्रमुख लोघेकरको उपाध्यक्षमा सिफारिस
सुप्रवल जनसेवा पदक श्री(तृतीय)बाट सम्मानित\पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको चाईना भ्रमण दलमा समेत सामेल हुने अवसर पाएकी थिईन् ।

आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले लोघेकर दामोदरकुण्ड पालिका कमिटीले मुस्ताङकी जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो लोहालाई लोघेरक दामोदरकुण्ड गाउँपालिकाको उपाध्यक्ष बनाउँन निर्णय गरेको छ ।यस्तै,पालिका कमिटीले अध्यक्ष पदमा हालका गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाको लागि उपाध्यक्ष पदमा सिफारिस भएकी गुरुङ अहिले २९ वर्ष पुगिन् । संघीयतापछिको पहिलो स्थानीय तहको निर्वाचनपछि जिसस प्रमुख बन्दा उनको उमेर जम्मा २४ वर्षको मात्र थियो ।उपल्लो मुस्ताङको दुरदराजको गाउँ लोघकर दामोदरकुण्ड—१ मराङमा सामान्य परिवारमा जन्मिएकी छिरिङ ल्हाामो जनप्रतिनिधि हुँदा एक शिक्षिका थिईन् ।जनहित माध्यमिक विद्यालय जोमसोमको उत्पादन छिरिङलाई २४ वर्षको कलिलै उमेरमा जिसस मुस्ताङको बागडोर सम्हाल्ने अवसर मिल्यो । त्यसबेला उनी आफ्नो मातृभाषा बाहेक राम्ररी सुद्ध नेपाली बोल्न समेत सक्दिनथिन । जिसस प्रमुख बनेपछि उनको नेपाली भाषा बोल्न र उनको बौद्धिकता झनै खारिएर गयो । उनले मुस्ताङका ५ वटै स्थानीय तहको कार्यसम्पादनमा समन्वयकारी भूमिका निभाएकी थिईन् ।
नेकपा एमाले जिल्ला कमिटिी मुस्ताङको उपसचिव पदमा छिन् ।संघीयताको पहिलो कार्यकालमा जिसस प्रमुख बनेपछि उनी पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको चाईना भ्रमण दलमा समेत सामेल हुने अवसर पाएकी थिईन् । यस्तै जिससको कार्यकालमा प्रमुख भएर काम गर्दा उनी २०७७ सालको सविधान दिवसमा सुप्रवल जनसेवा पदक श्री(तृतीय)बाट सम्मानित भएकी थिईन् ।
जिल्ला समन्वय जस्तो गरिमामय पदमा काम गरेको ब्यक्ति किन तल झरेर उपाध्यक्षमा उम्मेदवारी दिन लाग्नु भयो भन्ने प्रश्नमा उनी भन्छिन्,‘ पार्टीको निर्देशन र जनतामा अपेक्षाले गर्दा आफुले त्यसलाई ग्रहण गरेर उपाध्यक्षमा उम्मेदवारी दिन खोजेको हुँ ।पार्टीले जहाँ खटाउँछ ,म त्यही बसेर काम गर्छु ।’
ः जिसस प्रमुख छिरिङ ल्हामो उपाध्यक्षमा उम्मेदवारी दिने ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया