गण्डकीमा ४६ हजारले एसइई दिँदै

गण्डकी l
गण्डकी प्रदेशमा यस वर्षको एसइई परीक्षामा ४६ हजार १ सय ९१ विद्यार्थी सहभागी हुने भएका छन् । शुक्रबार सुरु हुने परीक्षाका लागि प्रदेशका ११ वटै जिल्लाका १ हजार ३ सय ४१ विद्यालयबाट नियमिततर्फ ४५ हजार १ सय ५५, प्राविधिक धारतर्फ ८ सय १५ र ग्रेड वृद्धितर्फ २ सय २१ विद्यार्थी सहभागी बन्न लागेको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्यले जानकारी दिए ।
परीक्षाका लागि मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा होम सेन्टर नपर्ने गरी २ सय २३ परीक्षा केन्द्र कायम गरिएको छ । प्रदेशमा सबैभन्दा बढी कास्की जिल्लाका २ सय ९१ विद्यालयका १० हजार ६ सय २१ विद्यार्थी सहभागी बन्नेछन् । जिल्लाका १ सय १७ सामुदायिक, १ सय ५९ निजी र १५ गुरुकूल तथा गुठी विद्यालयबाट एसइई परीक्षामा परीक्षार्थी सहभागी हुन लागेको जिल्ला शिक्षा समन्वय एकाइ कास्कीका प्रमुख नारायण सुवेदीले बताए ।
सबैभन्दा कम हिमालपारिको जिल्ला मनाङका ४ विद्यालयबाट ४३ परीक्षार्थी सहभागी बन्न लागेको निर्देशनालयले जनाएको छ । परीक्षा सञ्चालनका लागि २ सय २३ केन्द्राध्यक्ष, ३ सय १२ सहायक केन्द्रध्यक्ष, २ हजार ३ सय ११ निरीक्षक, ४ सय ५८ परीक्षा सहायक, ९ सय २५ कार्यालय सहयोगी र करिब ३ हजार ३ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्देशनालयले परीक्षा सञ्चालनका लागि सबै जिल्लामा रकम र उत्तरपुस्तिका पठाइसकेको र जिल्लाले सम्बन्धित परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाइसकेको छ । निर्देशनालयका अनुसार राष्ट्रिय परीक्षा बोर्ड (पनिका)बाट प्रश्नपत्र यसअघि नै सम्बन्धित जिल्लामा पठाइसकिएकामा जिल्लाले परीक्षा केन्द्र नजिकैका प्रहरी चौकीमा पुर्याइसकेको छ । परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन सबै जिल्लाका परीक्षा समन्वय समितिबाट सम्बन्धित विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकी निजहरूलाई अभिमुखीकरणसमेत दिइसकिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा २०७८ माघ २४ मा पहिलो संशोधन भई हालसम्म परीक्षा नियन्त्रण कार्यालयबाट हुँदै आएको परीक्षार्थीको मार्क इन्ट्री र नतिजा तयारीको काम अबदेखि प्रदेश शिक्षा विकास निर्देशनालयबाट हुने व्यवस्था गरिएको छ । यसका लागि प्रदेश शिक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिएको छ ।
(रासस)









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया