स्थानिय तह निर्वाचन २०७९
समृद्ध पोखरा, सुखी पोखरेलीका लागि उम्मेदवारी
कोपिला रानाभाट उपमेयर उम्मेदवार, नेपाली कांग्रेस

सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार बन्नुभयो, यहाँका एजेन्डा के छन् ?
आज मैले नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै पोखरा महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गराएँ । यो मेरो पार्टीको मात्र होइन, ५ दलको तर्फबाट दर्ता भएको उम्मेदवारी हो । पोखरालाई सफा, सुन्दर र हराभर बनाइराख्नु र भावी पुस्तालाई अझ राम्रो पोखरा प्रदान गर्नु जरुरी छ । हामी समृद्ध पोखरा र सुखी पोखरेली बनाउन लाग्नेछौं । गठबन्धनको उम्मेदवार भएकाले चाडै हामी सबै बसेर साझा घोषणापत्र ल्याउँछौं । हाम्रा एजेन्डा त्यो घोषणापत्रमा समावेश हुनेछन् । म कांग्रेसको इमान्दार कार्यकर्ता हुँ । महिला पनि भएकाले महिला, दलित, जनजाति, पछि परेका वर्ग, समुदायको उत्थानका लागि लाग्ने प्रण गर्दछु । यहाँ पार्किङका समस्या छन्, भूमि व्यवस्थापनको समस्या पनि छ । पोखरालाई नागरिकको अपेक्षा अनुरुपको आधुनिक सहर बनाउन हामी लाग्छौं ।
यहाँको जितका आधार के के हुन् ?
म नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी हुँ । जनताले कांग्रेसलाई विगतदेखि नै विश्वास गर्दै आएका छन् । जनताको विश्वासमा हामीले ठेस पुर्याएका छैनौं । म पार्टीको निष्ठावान् कार्यकर्ता हुँ । लामो समयको क्रियाशीलतापछि पार्टीले अहिले यो जिम्मेवारी दिएको छ । मेरो लगन, त्याग र योगदानबारे हाम्रा कार्यकर्ता, नेता जानकार हुनुहुन्छ । त्यतिमात्र होइन, यसबारे गठबन्धनका नेता, कार्यकर्ता र आम पोखरेली पनि जानकार हुनुहुन्छ । कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक र गठबन्धनका नेता, कार्यकर्ता र शुभेच्छुकको मत पाउने अपेक्षा गरेकी छु । सँगसँगै मेरो योगदान, निष्ठा र हाम्रा एजेन्डालाई मन पराएर आम पोखरेलीले मलाई चुन्नुहुनेछ भन्ने ठानेकी छु ।
कांग्रेस पार्टीभित्रै विवाद देखियो, गठबन्धन पनि तलसम्म हुन सकेन, यसले असर गर्दैन ?
कास्कीका गठबन्धन विभाजित छैन । लोकतन्त्रका बोल्ने, अघि बढ्ने स्वतन्त्रता हुन्छ । पार्टीमा भएको छलफल हो, कार्यकर्ताको गुनासो हो । विवादै चाहिँ होइन । भोलिसम्म सै सल्ट्याउँछौं । वडा तहसम्म गठबन्धन गर्छाैं । तर वडाहरुको गठबन्धन गर्ने तरिका भने वडा समितिहरुले त्यहाँको वस्तुगत अवस्था हेरेर तय गर्छन् ।
महानगरवासीलाई के भन्नुहुन्छ ?
सोमबारमात्र मनोनयन दर्ता भएको छ । जनतामा जाने योजना, एजेन्डाहरु तय गर्न बाँकी छ । हाम्रो पार्टीसहित गठबन्धनको बैठकबाट त्यो तय गर्छाैं । यो पटक साबिक लेखनाथ बासीले आँगनको उम्मेदवार पाउनुभएको छ । मलाई पोखरबासीले माया गर्नुहुन्छ, लेखनाथबासीको पनि हृदय जितेकी छु । गठबन्धनका सबै दलका नेता, कार्यकर्ता र शुभेच्छुकको मत पाउँछु । सबै पोखरेलीसँग समृद्ध पोखरा र सुखी पोखरेलीका लागि मसहित गठबन्धनका उम्मेदवारीलाई मत दिएर विजयी गराउन आग्रह गर्दछु ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया