मुस्ताङको ५ वटै तहमा एमालेको घरदैलो अभियान तिब्र

जोमसोम १६ बैशाख
नेकपा एमाले मुस्ताङले जिल्लाका ५ वटै स्थानीय तहमा पहिलो चरणको घरदैलो अभियानलाई तिब्रता दिएको छ ।बैशाख ३० गते हुँने निर्वाचनका लागि पार्टीका तर्फबाट ५ वटै पालिकामा उम्मेदवारी मनोनयनपत्र दर्ता गराएको भोलीपल्टै एमालेले घरदैलो अभियानलाई अघि बढाएको एमाले मुस्ताङ जिल्ला ईञ्चार्ज चन्द्रमोहन गौचनले जानकारी दिए ।
एमाले मुस्ताङले बुधबारदेखि जनतासंग मतमाग्न जुटेको हो ।एमाले उपल्लो मुस्ताङको चुनावी प्रसार प्रसार कमाण्डरमा गण्डकी प्रदेश कमिटी सदस्य ईन्द्रधारा बिष्टलाई जिम्मा दिएको छ । यता वारागुङ ,मुक्तिक्षेत्र र घरपझोङमा एमाले चुनाव प्रचार प्रसार कमिटी गठन गरेको छ ।घरपझोङमा एमाले छैरो चिमाङ,मार्फा,स्याङ र जोमसोममा घरदैलो गरेको छ भने आईतबार ठिनी र ढुम्बा पुगेर घरदैलो गर्नेछ ।घरपझोङमा एमालेका अध्यक्ष पदका उम्मेदवार संञ्जयकुमार थकाली र उपाध्यक्ष मिमकुमारी शेरचनसहित वडाध्यक्ष द्धय भिषण थकाली फणिन्द्र थकाली र सदस्य छन् । घरदैलोमा एमालेका कार्यकता सामेल छन् ।
घरपझोङमा मुस्ताङ जिल्ला ईञ्चार्ज चन्द्रमोहन गौचन र पार्टी अध्यक्ष आशबहादुर थकाली लगायतका उम्मेदवार तथा कार्यकर्ताले वडा वडामा पुगेर एमालेको घोषणापत्र र प्रतिबद्धता पत्रको बारेमा मतदातालाई जानकारी गराएका छन् ।
ईञ्चार्ज गौचनले लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,वारागुङ र थासाङमा चुनावी प्रचार प्रसार अघि बढाएको जानकारी दिए ।









फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया