मुस्ताङको कालिगण्डकी नदीमा भेटियो यूवाको शव

समाधान संवाददाता २०७९ वैशाख १८ गते १२:०८

जोमसोम—

मुस्ताङको घरपझोङ गाउपालिका—३ स्याङ स्थित कालिगण्डकी नदी किनारामा शनिवार एक यूवा मृत भेटिएको छ।प्यूठान जिल्ला सिरुमारानी गाउँपालिका वडा नं.२ बस्ने ४० वर्षीय राज कुमार गाहाको शव मृत भेटिएको हो । उनी ज्याला मजदुरीको काम गर्ने क्रममा मुस्ताङ आएका थिए ।
कालिगण्डकी नदी किनारामा बेवारिसे शव मृत अवस्थामा रहेको भन्ने सूचना पाउने बिक्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्षक रामकुमार दानीको कमाण्डमा ९ जना प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।

प्रहरी टोलीले मृत भेटिएका यूवाको शव नदी किनाराबाट बाहिर निकाली घटनाको मुचुल्का गरी प्रारम्भिक अनुसन्धान कार्य अघि बढाएको प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।

Advertisement

मृत भेटिएका यूवाको घरपरिवारलाई समेत प्रहरीले जानकारी गराएको छ । यूवाको शव अहिले जिल्ला अस्पतालको जोमसोमको शव गृहमा राखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया