–स्थानीय निर्वाचन–

मनाङमा एमाले र कांग्रेस २–२ पालिकामा विजयी

समाधान संवाददाता २०७९ वैशाख ३१ गते १४:२१

पोखरा ।
मनाङमा चार वटै पालिकाको मतपरिणाम सकिएको छ । शुक्रबार भएको स्थानीय मतपरिमाण शनिबार सार्वजनिक भएको हो । निर्वाचन कार्यालय मनाङका अनुसार चार पालिका मध्ये नेकपा एमाले र नेपाली कांग्रेसल २÷२ गाउँपालिको अध्यक्षमा जितेका छन् । एमालेले चामे र ङिस्याङ गाउपालिकाको जितेको हो ।

चामे पालिका अध्यक्षमा लोकेन्द्रबहादुर घले ३३० मत र ङिस्याङमा एमालेकै कान्छा घले ८६१ मत ल्याएर विजयी भएका हुन् । मनाङमा कांग्रेस पनि २ वटा पालिकामा विजयी भएको हो । नार्पा भूमि र नासों गाउँपालिकामा कांग्रेसले अध्यक्षमा जितेको हो । नार्पामा कोन्जो तेन्जिङ लामा १५८ मत र नासोंमा धनबहादुर गुरुङ ८२० मतले ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका छन् ।
चार पालिकामा चामे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३३५ मत ल्याएर विजयी भएका हुन् । नासों गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर निर्वाचित भए ।

गुरुङले ९१३ मत ल्याएर विजयी भएका हुन् । मनाङ ङिस्याङ गाउँपालिकामा स्वतन्त्रबाट उम्मेदवार बनेका छिरिङ गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले ७४४ मत ल्याएर विजयी भएका हुन् । स्वतन्त्र उठेका गुरुङलाई नेकपा एमालेले समर्थन गरेको थियो । त्यस्तै नार्पा भूमि गाउँपालिकाको उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया