स्याङ्जाको वालिङमा मेयर एमाले र उपमेयरमा कांग्रेस
समाधान संवाददाता
२०७९ जेठ ४ गते १३:१०
स्याङ्जा ।
स्याङजाको वालिङ नगरपालिको मेयरमा एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका कृष्ण खाँण निर्वाचित हुँदा उपमेयरमा कांग्रेसकी उम्मेदवार कविता तिवारी निर्वाचित भएकी छन् ।
निकटतम प्रतिस्पर्धी वालिङ नगरपालिकाका निवर्तमान मेयर कांग्रेसका दिलिपप्रताप खाँणलाई २ हजार १ सय ८३ मतान्तरले पछाडि पार्दै एमालेका कृष्ण विजयी भएका हुन् । बुधबार सकिएको मतगणना परिणाम अनुसार कृष्णले १३ हजार ७ सय ७६ मत प्राप्त गर्दा पराजित भएका दिलिपले ११ हजार ५ सय ९३ मत ल्याए ।
उपमेयरमा प्रतिस्पर्धी एमालेकी खगिसरा थापालाई ४ सय ८२ मतान्तरले पछि पार्दै कांग्रेसकी कविता तिवारी विजयी भएकी छन् । तिवारीले १२ हजार ८ सय २२ मत प्राप्त गरिन् । थापाले भने १२ हजार ३ सय ४० मत प्राप्त गरेकी छन् ।
सम्बन्धित






पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया