मुस्ताङको झोङ छोदे गोम्पा जिर्णोद्धार सम्पन्न : तस्विरसहित

समाधान संवाददाता २०७९ जेठ १० गते ९:०१

जोमसोम–

नेपालका लागि अ‍ेमरिकी राजदुत ¥यान्डी डब्लु बेरीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–२ को ऐतिहाँसिक झोङ छोदे गोम्पा पूननिर्माणको सोमबार एक समारोहकाबीच उद्घाटन गरेका छन् । २०७२ सालको महाभुकम्पले क्षति तूल्याएको १३ औं शताब्दी पुरानो झोङ छोदे शेडुप छोपेल लिङ गुम्पा ३ वर्षपछि अमेरिकी तथा स्थानीय साझेदारी लगानीमा जीर्णोद्धार तथा पूननिर्माण सम्पन्न भएको हो ।

गोम्पा जीर्णोद्धार तथा पूननिर्माण समापन उद्घाटन तथा केही अफिसियल कार्यक्रमसहित सोमबार तारा एअरको चार्टर उडान मार्फत काठमान्डौंबाट सिधै मुस्ताङ आईपुगेका बेरीले सुरुमा पर्यटकीय गाउ मार्फाको अवलोकन र त्यसपछि वारागुङ–२ को झोङ पुगेर गोम्पा उद्घाटन गरेका हुन् । अमेरिकी राजदुत बेरीसहित युएसआईडी नेपाल डिटेक्टर सेपिडे केभिन्साङ ,दुताबासका प्रेस तथा सांस्कृतिक विभाग प्रमुख ग्यारेट विल्करसन,दुताबासका सांस्कृतिक विभागका धुब्र शाह लगायत ७ सदस्यीय टोली एकसाताका लागि मुस्ताङ आईपुगेको हो ।

Advertisement

भूकम्पले जीर्ण बनेको झोङ छोदे गोम्पा जिर्णोद्धार तथा पूननिर्माणको उद्घाटनका लागि झोङ गाउँमा पुगेका राजदुत बेरीसहितको टोलीलाई गुम्पाका मुख्य लामा सोनाम,गोम्पा व्यवस्थापन समिति,स्थानीय तहका जनप्रतिनिधि र महिला समुहको टोलीले भव्य स्वागत गरेको थियो । स्थानीय सांस्कृतिक भेषभुषाको पहिरनमा सजिएका स्थानीयलाई स्थानीय भाषको गीत गाउँदै गोम्पा स्थल पू¥याएका थिए ।स्थानीय महिलाहरुले सांस्कृतिक प्रचलन अनुसार स्वागतका लागि क्याल्साङ गरेका थिए । अ‍ेमरिकी राजदुत बेरीको स्वागतपछि गुम्पा जीर्णोद्धार तथा पूननिर्माण लगायतको जिम्मा लिएको हेरिटेज एण्ड ईन्भाईरोमेन्ट कन्जर्भेसन फाउन्डेसन नेपालका मेम्बर सेक्रेटरी शेखर डंगोलले गुम्पा जीर्णोद्धार तथा पूननिर्माणमा भए गरेका प्रगतीको बारेमा अवलोकन तथा जानकारी गराएका थिए ।

पूननिर्मित झोङ छोदे गोम्पाको अवलोकन तथा जानकारी लिएपछि राजदुत बेरीले लगत्तै पूननिर्माण गरिएको झोङ छोदे गुम्बाको उद्घाटन गरेका थिए ।गोम्पा उद्घाटन गर्दै नेपालका लागि अ‍ेमरिकी राजदुत बेरीले नेपाल–अमेरिका सम्वन्ध ७५ औं वर्ष पुरा भएको यसप्रकारका स–साना कामहरुले सम्वन्धलाई अझै बलियो बनाउँदै लैजाने विश्वाश व्यक्त गरे । हाम्रो सानो सहयोग र स्थानीयको अथक मेहनत र साधनाले गोम्पा पुननिर्माणकार्य सफल भएको उल्लेख गर्दै राजदुत बेरीले नेपाली जनताको सहयोग र सम्वन्धलाई आफुले सकारात्मक प्रतिबद्धताको रुपमा महशुस गरेको राजदुत बेरीले सो अवसरमा बताए । राजदुत बेरीले ३ वर्ष अघि यहाँ आएर भुकम्पले जीर्ण गोम्पाको पूननिर्माण तथा जीर्णोद्धारको काम सुरु गरेको उल्लेख गर्दै ३ वर्षपछि यसरी यहा आएर गुम्पाको उद्घाटन गर्न पाउँदा गौरान्विगत भएको जनाए ।उनले गोम्पा पूननिर्माणको काममा सहयोग पू¥याउने सबैलाई धन्यवाद व्यक्त गरे ।

Advertisement

झोङ छोदे गुम्पा पूननिर्माण तथा जीर्णोद्धार गरिएपनि गोम्पा भित्रको शताब्दीऔ पुराना चित्रकला र फिनिसिङका काम बाँकी छन् । राजदुत बेरीले गोम्पामा रहेका अधुरा कामहरु पुरा गर्न आफु र दुताबासबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीङ नामगेल गुरुङले ऐतिहाँसिक तथा धार्मिक सम्पदा संरक्षणमा अमेरिकी सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले यसप्रकारको सहयोग र सद्भाव आगामी दिनमा निरन्तर प्राप्त हुने विश्वाश व्यक्त गरे ।
वारागुङ मुक्तिक्षेत्रको ऐतिहाँसिक झोङ छोदे शेडुप छोपेल लिङ गुम्पा जीर्णोद्धार तथा पूननिर्माण सन् २०१९ देखि सुरु गरिएको थियो ।दुताबासको सांस्कृतिक संरक्षण सम्वन्धि राजदुत कोष ( एएफसीपी)मार्फत १ लाख अमेरिकी डलर र झोङ गोम्पा व्यवस्थापन समितिबाट २३ हजार ६८१ डलर लागतको साझेदारीमा गोम्पा पूननिर्माण थालिएको थियो ।भुकम्पले जीर्ण गोम्पाको पूननिर्माणको जिम्मा साझेदारी संस्था हेरिटेज एण्ड इन्भाईमेन्ट कन्जर्भेसन फाउन्डेसनले लिएको थियो ।सन् २०२०को सेप्टेम्बरमा सक्ने लक्ष्य लिएपनि कोरोना कहरका कारण गुम्पा पूननिर्माणको काममा ढिलाई हुन पुगेको थियो ।भूकम्पले क्षति बनेको गोम्पाको पुरानै शैलीमा संरचना नबिग्रिने गरी पुरानै शैलीमा पूननिर्माण गरिएको हेरिटेजका मेम्बर सेक्रेटरी शेखर डंगोलले जानकारी दिए ।उनले गोम्पा पूननिर्माण गर्दा फलाम र कक्रिटको प्रयोग नगरिएको बताए ।

नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी डब्लु बेरी मुस्ताङमा एकसाता बिताउँने छन् । उनी चिनसंग सीमाना जोडिएका लोमान्थाङ गाउँपालिकाको लोमान्थाङमा आयोजना हुने परम्परागत ऐतिहाँसिक तथा धार्मिक पर्व तिजी अवलोकन गर्ने कार्यक्रम छ ।सो क्रममा राजदुत बेरीसहितको टोलीले लोघेकर दामोदरकुण्ड–१ मराङमा रहेको विश्वकै पुरानो दावी गरिएको ऐतिहाँसिक लोघेकर गोम्पाको अवलोकन गर्ने भएका छन् । लोघेकर गोम्पाको गतवर्ष अमेरिकी दुतावास कोष एएफसीपीको अनुदान सहयोगमा पूननिर्माणको काम सुरु गरिएको थियो । यस्तै दुताबासको टोलीले मुस्ताङको पर्यटकी पदमार्गको यात्रा गर्ने योजना रहेको छ ।

अमेरिकी राजदुत बेरीको एक साता लामो मुस्ताङ भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राजदुत बेरी यसअघि सन् २०१९ मा मुस्ताङ आएका थिए ।त्यसबेला पनि उनी लोमान्थाङमा आयोजित तिजी पर्वको अवलोकन गरेका थिए ।

तपाईको प्रतिक्रिया