तेस्रो पटक सर्यो नवौं राष्ट्रिय खेलकुद, असाेजमा हुने

पोखरा ।
पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ४ महिनापछि धकेलिएको छ । युवा तथा खेलकुद मन्त्रालयले मंगलवार एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने जनाएको हो ।
पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री जागेश्वर गहतराजले सार्वजनिक खरिद ऐन अनुरूप ३५ दिनको सूचना निकालेर समान खरिद गर्न जेठमा समय अपुग भएकाले सार्नु परेको तर्क गरे । नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदको समापनका दिन नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी दिइएको थियो ।
तर कोरोनाको प्रभाव र सरकार परिवर्तनका कारण प्रतियोगिता बारम्वार मिति परिर्वनत हुँदा पनि हुन सकेन । गत फागुन २० बाट हुने भनिए पनि कोरोनाको कारण अन्तिम समयमा स्थगित गरिएको थियो । यसअघि गत चैत्र २८ गतेको मन्त्री परिषद बैठकले जेठ २२ देखि २८ सम्म गर्ने निर्णय गरेको थियो । जस अनुसार राखेपले खेल संख्या निर्धारण, लोगो, मस्कट र नारा सार्वजनिक गरिसकेको छ ।








कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
पोखरा महोत्सव सुरु
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया