नगर कार्यपालिकाका ८ पदका लागि १६ को उम्मेदवारी

पोखरा ।
पोखरा महानगरपालिकाको नगर कार्यपालिकाका ८ पदका लागि १६ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यतर्फ ५ जनाका लागि ८ जना र अल्पसंख्यक सदस्यतर्फ ३ पदाका लागि ५ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईका अनुसार ८ जनाका लागि नेकपा एमालेले सबै पदमा उम्मेदवारी दिँदा कांग्रेसले ५, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीले १÷१ पदमा उम्मेदवारी दिएका छन् ।
५ महिला सदस्यका लागि एमालेबाट धनकुमारी पोख्रेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिरा परियार र हरिमाया विश्वकर्माले मनोनयन दर्ता गराएका छन् । कांग्रेसबाट डाल्डादेवी भुजेल, दुर्गादेवी केसी, पवित्रा थापा, भावना श्रेष्ठ र रनसुवा गुरुङले मनोनयन दर्ता गराएका छन् ।
३ दलित वा अल्पसंख्यक सदस्यका लागि एमालेबाट गोविन्द तुलाचन, दीपक घिमिरे र निर्मल दियाली, माओवादीबाट भीमबहादुर सार्की, जनता समाजवादीबाट पानबहादुर घर्ती र एकीकृत समाजवादीबाट लालबहादुर विकले मनोनयन दर्ता गराएका छन् । नगर कार्यपालिकको निर्वाचन १८ जेठमा हुने तय छ ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया