सेन्ट्रल गार्डनको सम्मान

पोखरा ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनका नवनिर्वाचित अध्यक्ष आनन्द पौडेलले विभिन्न योजना सार्वजनिक गरेका छन् । क्लबले पोखरामा आयोजित माइन्युट हस्तान्तरण, नयाँ सदस्य सम्मान तथा लायन वर्ष २०१७-१८ का डिट्रिक गभर्नर तथा नवनिर्वाचित महानगर प्रमुख धनराज आचार्यलाई बधाई ज्ञापन एकैसाथ गरेको हो ।
जोन चियर पर्सन नारायण कोइरालाले नयाँ सदस्य फर्सबहादुर बिसी, अमित बाटाजु र जमुना खड्कालाई सम्मान गर्दै क्लबको सामाजिक सेवाको भावले प्रेरित भएर आफू लायनवादमा लागेको जनाए । कार्यक्रममा अध्यक्ष सुब्बा घिमिरेले निर्वाचित अध्यक्ष आनन्द पौडेल र सचिव सुजित बिजुक्छेले निर्वाचित सचिव प्रमोद रानाभाटलाई माइन्यूट हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हरि भाट, पूर्व अध्यक्ष मीना रानाभाट, कृष्ण रानाभाट, असफल गौतम, सुब्बा घिमिरे, प्रथम उपाध्यक्ष तुल रानाभाट, द्वितीय उपाध्यक्ष सुजित बिजेक्छु, सचिव प्रमोद रानाभाट, पब्लिक रिलेसन अफिसर लाल रानाभाट लगायतले नयाँ निर्वाचित पदाधिकारीका सफल कार्यकालको शुभेच्छा व्यक्त गरेका थिए ।
सम्मानित नयाँ लायन सदस्य फर्सबहादुर बिसीले लायन्ससँगको सहकार्यले आफूमा थप सेवाको भावना बढेको बताए । अमित बाटाजु र जमुना खड्कासहितले पनि क्लबको सम्मानले आफूलाई थप प्रेरणा मिलेको बताए ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया