मुस्ताङमा भारतीय पर्यटकको लेंक लागेर मृत्यु
समाधान संवाददाता
२०७९ जेठ १९ गते १७:४१

जोमसोम–
मुस्ताङको मुक्तिनाथ दर्शनका लागि आएका एक भारतीय पर्यटकको लेंक लागेर मृत्यु भएको छ ।भारतको तामेलनाडु घर भएका ७४ वर्षीय केभिएम पाट्थ सारथीको श्वाश प्रश्वाशमा अचानक समस्या आएपछि मुक्तिनाथबाट जोमसोम अस्पताल ल्याउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
भारतबाट १७ जनाको ग्रुपसहित बसमा चढेर मुस्ताङ आएका उनीहरु बुधबार मुक्तिनाथ पुगेका थिए ।मुक्तिनाथको होटलमा बाँस बस्ने क्रममा श्वाश प्रश्वासमा समस्या आएपछि भारतीय पर्यटक सारथीलाई जोमसोम अस्पताल ल्याईएकोमा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीलाई जानकारी दिए ।मृतक भारतीय पर्यटकको शव जोमसोम अस्पतालमा राखिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया