वृक्षारोपण तथा सरसफाई गरी मुस्ताङमा ४९औ वातावरण दिवस मनाईयो

जोमसोम–४९ औं विश्व वातावरण दिवसको अवसरमा मुस्ताङको घरपझोङ–४ जोमसोम स्थित शालिग्राम उद्यान पार्कमा आईतबार वृक्षारोपण तथा सरसफाई गरिएको छ ।डिभिजन बन कार्यालय मुस्ताङको आयोजना तथा अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना,ईलाका सरक्षण कार्यालय जोमसोमको सहआयोजनामा भएको वृक्षारोपण तथा सरसफाई कार्यक्रमको समन्वय जिल्ला प्रशासन मुस्ताङले गरेको थियो ।
विश्व वातावरण दिवस मार्च ५ तारिख २०२२ को अवसरमा ‘पृथ्वीको सरक्षण ःदिगो प्रकृतिमैत्री जीवनयात्रा’नारासहित जिल्ला प्रशासन कार्यालय पछाडीपट्टी रहेको शालिग्राम उद्यान पार्कमा वातावरण संरक्षणका लागि वृक्षारोपण गरिएको हो ।वृक्षारोपण कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालय प्रमुख र जिल्लाका ३ वटै सुरक्षा निकायले सहभागीता जनाए ।
विश्व वातावरण दिवसमा भोटे पिपल,बैस,ओखर,धुपी,सल्ला र रुवेनिया लगायतका ६० वटा प्रजातीका विरुवा रोपण गरिएको डिभिजन बन कार्यालयका प्रमुख बशन्तकेशव अधिकारीले जानकारी दिए ।उनले दिवसको अवसरमा यसअघि लगाएका पुराना विरुवाहरुको गोडमेल र सिचाईको व्यवस्थापन समेत गरिएको उनले बताए ।
यस्तै,वातावरण दिवसको अवसरमा शनिवार र आईतबार स्थानीय प्रशासनको समन्वयमा जिल्ला स्थित सरकारी कार्यालय र सुरक्षा निकायको टोलीले जोमसोम बजार र कालिगण्डकी नदीको तटीयक्षेत्रमा ब्यापक सरसफाई गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।






बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया