भूपू विन्ध्यवासिनी विद्यार्थी मञ्चको सभा

समाधान संवाददाता २०७९ जेठ २४ गते १३:३५

पोखरा ।
विन्ध्यवासिनी मावि बाटुलेचौरमा अध्ययन गरेका विद्यार्थीको साझा संस्था भूपू विन्ध्यवासिनी विद्यार्थी मञ्चको १७ औं साधारणसभा भएको छ ।

मञ्चले हालै भएको स्थानीय तहको निर्वाचनमा पोखरा १६ र १९ मा निर्वाचित जनप्रतिनिधिलाई स्वागत र निवर्तमान जनप्रतिनिधिलाई बिदाइ गरेको छ । कार्यक्रममा शिक्षासेवी नरहरि भट्टराईले गुणस्तरीय शिक्षाका लागि मञ्चको भूमिका प्रभावकारी रहेको बताए । निवर्तमान वडाध्यक्ष जीवनप्रसाद आचार्यले पोखराकै पुरानो विद्यालयले शिक्षा क्षेत्रमा उल्लेखनीय रूपमा फड्को मारी गौरवमय इतिहास कायम गरेको विचार राखे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रा थापाले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा भूपू विद्यार्थीको योगदान अतुलनीय रहेको जनाइन् । मञ्चका अध्यक्ष हरि वरूवालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रामचन्द आचार्य, पूर्व अध्यक्ष सुवासबाबु अधिकारी, मुक्तिनाथ स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन थापा, मञ्चका सदस्य सिर्जना थापा, कवि नारायण बास्तोला र भीम गायकले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया