फेन्सिङ खेलाडी रेखमायाको बिदाइ

पोखरा ।
मे ९ देखि ३० जुनसम्म भारतको पटियालामा हुने फेन्सिङ प्रशिक्षण तालिममा सहभागी हुन लागेकी फेन्सिङ खेलकी प्रशिक्षक रेखमाया गुरुङलाई फेन्सिङ संघ कास्कीले बिदाइ गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा जिल्ला फेन्सिङ संघ कास्की अध्यक्ष विजय शाही, सल्लाहकार कृष्ण रानाभाट, वरिष्ठ उपाध्यक्ष राम गुरुङ, उपाध्यक्ष छवि गुरुङ, सचिव सन्दीप बराल र सदस्य चिजा गुरुङले उनलाई सफलताको कामनासहित बिदाइ गरे ।
फेन्सिङ संघ नेपालकी केन्द्रीय सदस्यसमेत रहेकी रेखमाया भारतको पटियालामा रहेको नेताजी सुभाष नेसनल इन्स्टीच्युट अफ स्पोर्टसमा ६ हप्ता लामो सर्टिफिकेट कोर्स अफ स्पोर्टस कोचिङमा फेन्सिङ खेलको प्रशिक्षणमा सहभागी हुने छिन् ।
कार्यक्रममा फेन्सिङ लगायत २८ खेलका प्रशिक्षकलाई तालिम दिइनेछ । नेपालबाट उक्त फेन्सिङ खेलको कोर्सको प्रशिक्षण लिन रेखमाया गुरुङसहित एपिएफका फेन्सिङ प्रशिक्षक सुभाष आचार्य पनि सहभागी हुने छन् ।








कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
पोखरा महोत्सव सुरु
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया